काठमाडौंमा हुने प्रथम गैर आवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

SHARE:

लन्डन २१ मार्च २०२४ । गैर आवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक ‘महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मुल नारासहित प्रथम गैर आवासीय नेपाली विश्व महिला सम्मेलन २९ र ३० जुन २०२४ मा काठमाडौंमा हुने भएको छ ।

सम्मेलनको तयारीका लागि २० मार्चमा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुलाई आमन्त्रण गरी संघको सचिवालयमा प्रथम बैठक सम्पन्न भएको एनआरएनएले जनाएको छ । बैठकमा कमला पराजुली (अध्यक्ष, राष्ट्रिय महिला आयोग), लिली थापा (सदस्य, राष्ट्रिय मानव अधिकार आयोग), शत्र गुरुङ (अध्यक्ष, पौरखी), मञ्जु गुरुङ (संस्थापक अध्यक्ष, पौरखी) टिका दाहाल (अध्यक्ष, नेपाल महिला अपाङ्ग संघ), चरीमाया तामाङ(शक्ति समूह अध्यक्ष), साबित्रा शाह (महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विष्णु ओझा (सदस्य, राष्ट्रिय समावेशी आयोग) लाई छलफलका लागि आमन्त्रण गरिएको थियो ।

यस्तै संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!