बेलायतमा मुद्रास्फीति अपेक्षा गरिएभन्दा धेरै खुम्चियो

SHARE:

लण्डन २१ मार्च २०२४ ।

बेलायतमा मुद्रास्फीति अपेक्षा गरिएभन्दा धेरै खुम्चिएको छ ।

अफिस फर नेसनल स्ट्याटिटिक्स (ओएनएस)का अनुसार फेब्रुअरीमा बेलायतको मुद्रास्फीति ३.४ प्रतिशत छ । जनवरीमा सो दर ४ प्रतिशत थियो । यो विगत दुई वर्ष यताकै सबैभन्दा कम हो । फेब्रुअरीमा मुद्रास्फीति घट्नुमा खाद्यान्नको मूल्यमा गिरावटले प्रमुख भूमिका खेलेको बताइएको छ ।

ओएनएसले बुधबार यो तथ्यांक सार्वजनिक गरेको हो । विश्लेषकले फेब्रुअरीमा मुद्रास्फीति ३.५ प्रतिशत रहने पूर्वानुमान गरेका थिए । आगामी महिनामा मुद्रास्फीति अझै घट्ने विश्लेषण गरिएको छ । अप्रिलमा ऊर्जाको मूल्य घट्ने भएकाले यो दर अझै बढ्ने बताइएको छ । बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले केही महिनाभित्रै सरकारले तय गरेको मुद्रास्फीति २ प्रतिशतमा झार्ने लक्ष्य पूरा हुने आशा व्यक्त गरेका छन् ।

उता अर्थशास्त्री भने बुधबारको आँकडाबाट हौसिएका छन् । केहीले यो वर्ष अन्त्यसम्ममा बेलायतको मुद्रास्फीति सरकारले अपेक्षा गरेको २ प्रतिशतभन्दा तल झर्ने बताउन थालेका छन् । कतिपयले भने अप्रिलदेखि कामदारको तलब बढ्ने र रेडसीमा अझै तनाव कायम रहेकाले मुद्रास्फीतिमा संकुचन केही समयका लागि मात्र हुन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

यसको बाबजुद पनि बेलायतमा मुद्रास्फीति अन्य मुलुकको तुलनामा उच्च छ । युरोपको समग्र मुद्रास्फीति दर २.८ प्रतिशत छ । फ्रान्सको ३.२, जर्मनीको २.७ र अमेरिकाको २.२ प्रतिशत छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!