आदिवासी जनजाति समुदाय राजनीतिक रूपमा सचेत हुनुपर्छ: अध्यक्ष शेर्पा

SHARE:

काठमाडौं २२ मार्च २०२४ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदाय राजनीतिक रूपमा सचेत हुनुपर्ने बताउका छन् ।

अन्तर्राष्ट्रिय मगर महासंघको आयोजनामा आज काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय मगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् । आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण सँगसँगै राजनीतिक रूपमा पनि आदिवासी जनजाति समुदाय अगाडि बढ्न आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाइ थियो । यस्ता कार्यक्रमहरू आदिवासी जनजातिको बाहुल्य भएको ठाउँमा हुनुपर्ने समेत उनको भनाई थियो ।

मुलुकमा गणतन्त्र ल्याउनका निम्ति मगर समुदायको ठुलो योगदान गरेको भन्दै उनले योगदान अनुसार प्रतिफल प्राप्त गर्न नसकेको समेत बताए । उनले भने , नेपालको गणतन्त्र ल्याउनका निम्ति मगरहरूको ठुलो योगदान छ । तर त्यो योगदान अनुसार हामीले प्रतिफल पाएका छैनौँ । आदिवासी समुदाय राजनीतिमा आउनुपर्ने भन्दै उनले राजनीतिक रूपमा सचेत हुनैपर्ने बताए । राजनीतिले नै डाडु पन्यू ठाउँमा पुग्नु रहेको भन्दै उनले त्यो ठाउँमा नपुगेसम्म आदिवासी जनजातिको अधिकार प्राप्त हुन नसक्ने समेत बताए ।

अधिकार लेख्ने ठाउँमा पुग्नका निम्ति राजनीतिक रूपमा अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । राजनीतिले विकाससँग जोडिन्छ । विकास गरेपछि जनतासँग जोडिन्छ । जनतासँग जोडिएमा हामी अगाडि बढ्न सक्छौ उनले भने । महासंघले जातीय संस्थाहरूसँग समन्वय गरेर आदिवासी जनजातिका मुद्दाहरू अगाडि बढाइरहेको भन्दै उनले प्रदेश नम्बर १ को आन्दोलन अहिले अगाडि बढाइरहेको समेत स्मरण गराए ।

आदिवासी जनजातिले आफ्ना मुद्दाहरू उठाइरहनुपर्ने भन्दै उनले निरन्तरको प्रयासले सफलता प्राप्त हुने समेत बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!