
लन्डन ५ अप्रिल २०२४ । भ्वाइस अफ नेपालको टोली बेलायत भ्रमणमा आएको छ । भ्वाइस अफ नेपालका होस्ट सुशील नेपालसहितका टोली अप्रिल ४ तारिखमा बेलायत आएको हो ।
टोलीमा भ्वाइस अफ नेपाल सिजन ५ मा टप ४ मा पुगेका मकर योन्जन, नोगेन लिम्बु, सिजन ४ मा टप ४ मा पुगेका योगेश मगर र भ्वाइस अफ नेपालका टिम म्यानेजर तथा कलाकार अजेश पौडेल छन् । भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई भने शुक्रबार बिहानमात्रै युके आएको सुनगाभा इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक तथा निर्देशक गौरव कन्दङ्वाले जानकारी दिए ।
भ्वाइस अफ नेपालको टोलीलाई सुनगाभा इन्टरटेन्टमेन्टका टोलीले हिथ्रो एयरपोर्टमा स्वागत गरेको थियो ।
भ्वाइस अफ नेपालका टोली अप्रिल महिनाभर बेलायत रहनेछ । उनीहरुले पहिलो शो ५ अप्रिलमा टिथवर्थस्थित हिमालयन ओसिसमा प्रस्तुति दिँदैछन् ।
वेम्बली लन्डनमा ६ अप्रिलमा प्रस्तुति दिनेछन् भने अल्डरसटस्थित एम्पायर हलमा २० अप्रिलमा कार्यक्रम तय भएको छ । यस्तै २१ अप्रिलमा स्वीन्डन, २२ अप्रिलमा बर्मिङघम, २६ मा नुनेटोन र २८ अप्रिलमा टीडवर्थमा प्रस्तुति दिनेछन् ।
सुनगाभा इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको कार्यक्रममा टाइटल स्पोन्सर न्यू लक्ष्मी ज्वेलर्स युके र टाइटल को स्पोन्सर मनि टु नेपाल रहेको छ ।






