किरात राई यायोक्खा बेलायतले मनायो २०औं स्थापना दिवस, गायक विनोद सम्मानित

SHARE:

लन्डन ७ अप्रिल २०२४ । किरात राई यायोक्खा बेलायतले २०औं स्थापना दिवस मनाएको छ ।

शनिबार ६ अप्रिलमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङ्मा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाइएको हो । जगत राईको प्रमुख आतिथ्यता र बेलायत भ्रमणमा रहेका द भ्वाइस अफ नेपालको पाँचौ श्रृंखलाका उपाधि विजेता गायक विनोद राई विशेष अतिथि थिए ।

कार्यक्रममा उपाध्यक्ष रि मेजर दिलकुमार राईले जनस्वास्थ्य र सुरक्षासम्बन्धी ब्रीफिङ गरेका थिए । स्मृति राईले संस्थाको बीस वर्षे संक्षिप्त इतिहास वाचन गरेर सुनाएकी थिइन् । स्थापना दिवस कार्यक्रमको संयोजकसमेत रहेका उपाध्यक्ष अनिता राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

बेलायत भ्रमणमा रहेका गायक विनोद राईलाई संस्थाले स्वागत र सम्मान गर्‍यो । सभाध्यक्ष र प्रमुख अतिथिले गायक विनोदलाई फेटा र सम्मानपत्र प्रदानद्वारा सम्मान गरेका थिए ।

संस्थाका पूर्वअध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार पदम राई बिईएमले आफू संस्थाको शैशवकालदेखि नै विभिन्न भूमिकामा सक्रिय रहँदै आएको अनि संस्थाको उन्नत कालखण्डमा नेतृत्व प्रदान गरेको स्मरण गराए ।

सम्मानित गायक विनोदले किराया बेलायतले आफूलाई जिताउन अभियान र स्थापना दिवसमा विशेष सम्मान गरेर अझ हौसला बढाइदिएकोमा धन्यवाद व्यक्त गरे ।

सभाध्यक्ष तथा अध्यक्ष चन्द्रबहादुर राईले सम्मानित गायक विनोद राईलाई बधाई दिँदै स्थापना दिवस भव्यरुपमा सफल पार्न लागि पर्ने कार्यसमिति पदाधिकारी सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रसमुर अध्यक्ष ध्रुवसरी राई, संस्थापकहरु रामधन राई, गजेन्द्र राई, डम्बर राई र हिराधन राईलगायतको उपस्थिति थियो ।

औपचारिक कार्यक्रम किराया बेलायत उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!