बिहीबारदेखि बेलायती राहदानीका लागि आवेदन शुल्क बढ्ने

SHARE:

लन्डन १० अप्रिल २०२४ । बेलायती पासपोर्टका लागि आवेदन गर्दा लाग्ने शुल्क बिहीबारदेखि बढ्ने भएको छ ।

नयाँ पासपोर्ट लिँदा वा पुरानो नवीकरण गराउँदा तिर्नुपर्ने शुल्क पछिल्लो १४ महिनामा दोस्रोपटक बढ्न लागेको हो । बिहीबारदेखि अनलाइन माध्यमबाट नयाँ पासपोर्ट लिन वा नवीकरणका लागि आवेदन गर्दा ८८ पाउन्ड ५० पेन्स शुल्क लाग्ने भएको छ । यसअघि उक्त शुल्क ८२ पाउन्ड ५० पेन्स थियो । यसर्थ पासपोर्ट आवेदन शुल्क ७ प्रतिशत बढ्न लागेको हो। पछिल्लोपटक सन् २०२३ को फेब्रुअरीमा पनि यो शुल्क ९ प्रतिशत बढाइएको थियो।

हुलाकमार्फत आवेदन गर्दा लाग्ने शुल्क पनि ९३ बाट बढेर १ सय पाउण्ड पुर्‍याइएको छ । बालबालिकाको पासपोर्ट आवेदनका लागि अनलाइन माध्यममा ५७ पाउण्ड ५० पेन्स र हुलाक माध्यमबाट ६९ पाउण्ड लाग्ने भएको छ। जुन शुल्क यसअघि क्रमश: ५३ पाउण्ड ५० पैसा र ६४ पाउण्ड थियो ।

१४ महिनाअघि बढ्नुभन्दा पहिले भने पासपोर्ट आवेदन शुल्क ७५ पाउण्ड ५० पेन्स मात्रै थियो । जुन शुल्क पाँच वर्षसम्म फेरिएको थिएन । मुलुक बाहिरबाट आवेदन दिंदा वा तत्काल पासपोर्ट लिनुपर्ने अवस्थामा भने अझ बढी शुल्क लाग्ने गर्छ। सन् १९२९ को सेप्टेम्बर २ वा त्यसभन्दा अगाडि जन्मिएकाहरुलाई भने पासपोर्टको आवेदन शुल्क नलाग्ने विशेष व्यवस्था छ ।

नेपाली लिंक अनलाइनको सहयोगमा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!