लन्डन । किरात याक्थुङ चुम्लुङ युकेले प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।
गत २८ अगस्टका दिन चुम्लुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा पछिल्लो समयसम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरी गोर्खा राज्यसाग सम्झौता गरी नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै ।
ऐतिहासिक आधारमा प्रदेश न. १ को नाम ‘लिम्बुवानँवा ‘लिम्बुवान किरात राख्नु पर्दछ ।’ चुम्लुङले देश–विदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्दा एवं पहिचान स्थापित भइसकेको भन्दै स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश न १ को नाम लिम्वुवान नै हुनुपर्ने बताएको छ । लिम्बुवान प्राप्त नभएसम्म आन्दोलन चलिरहने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत दोहर्याएको छ ।
त्यस्तैगरी, भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिता २०७४ मा गोरुगाई मारेमा ३ वर्ष कैद सजाय हुने व्यवस्थाप्रति पनि चुम्लुङले घोर विरोध जनाएको छ ।
छ ।






