तमु धीं युकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार

SHARE:


लन्डन १८ अप्रिल २०२४ । तमु धीं युकेका महासचिव ३४ वर्षीय डा विशाल गुरुङ नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको काउन्सिलरको उम्मेदवार बनेका छन् ।

रश्मोर बरोअन्तर्गत अल्डरसटको वेलिङटन वडामा आगामी मे २ मा हुने निर्वाचनमा डा गुरुङ कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका हुन् । पार्टीको आन्तरिक भोटिङ मार्फत उम्मेदवार छनोट भएका उनी यतिबेला वडाबासीहरुको घरघर पुगेर चुनावी प्रचारप्रसार गर्न व्यस्त छन् ।

डा गुरुङ उम्मेदवार रहेको वडामा यसअघि कञ्जरभेटिभ पार्टीबाटै नेपाली मूलका जीव बेल्वासे र प्रवेश केसी काउन्सिलर निर्वाचित भएका थिए । गत वर्ष लेबर पार्टीबाट नेपालीमूलका धन सार्की पनि काउन्सिलर निर्वाचित बनेका छन् । लेबर पार्टीको वर्चश्व रहंदै आएको वेलिङटन वडाका तीन सीटमध्ये अहिले चुनाव हुन लागेको सीट बाहेकका दुई सीटमा लेबर पार्टी काउन्सिलर छन् । वडाका जम्मा ४१ सय मतदातामध्ये नेपाली मूलका मतदाताहरुको संख्या भने साढे ५ सय हाराहारीमा छ ।

‘निर्वाचन चुनौतिपूर्ण छ । तर पनि म आत्मविश्वाससाथ अगाडि बढिरहेको छु। नतिजा हाम्रो पक्षमा ल्याउन स्थानीय नेपाली समुदायको साथले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’, डा गुरुङले नेपालीलिंकसंग भने। पूर्व गोर्खाका सन्तान डा गुरुङ सन् २०१६ मा बेलायत आएका हुन् । उनको पुर्ख्यौली घर स्याङ्जा पुतलीबजार नगरपालिकाअन्तर्गत् राङभाङ चिरुवा हो । सन् २०१४ मा फिलिपिन्सबाट एमबीबीएस पूरा गरेलगत्तै एक वर्ष त्यतै काम गरेका गुरुङले नेपाल फर्किएर एक वर्ष काठमाडौं मोडल अस्पतालमा सेवा गरे ।

बेलायत आएर केयर होमबाट काम शुरु गरेका उनले पछि फ्लिटको जीपीमा पनि करिब डेढ वर्ष काम गरे। अहिले भने उनले वीन्चेष्टरमा ‘केयर मार्क’ नामक डोमिसिलियरी केयर (होम केयर) सेवा सञ्चालन गर्दै आएका छन् । सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका डा बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तमु धीं यूकेका वर्तमान महासचिव हुन् । ग्रेटर रसमूर नेपाली कम्युनिटीको उपाध्यक्ष छन् । उनले विगतमा एनआरएनए यूकेको स्वास्थ्य विभाग प्रमुखका रुपमा बेलायत र नेपालमा समेत केही च्यारिटी स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रमको अगुवाइ गरिसकेका छन्।

सन् २०१९ मै कञ्जरभेटिभ पार्टीको सदस्यता लिएका डा गुरुङ पार्टीमै बढी सक्रिय बनेको भने सन् २०२२ देखि हो । हाल उनी अल्डरसट एण्ड नर्थ ह्याम्पशायर कञ्जरभेटिभ एशोसिएसनको डेपुटी चेयरम्यान हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!