एटा संवाददाता अल्डरसट । एशियन महिला एशोसिएशन (आमा) युकेले नेपाली महिलाहरुको महान् पर्वलाई विविध कार्यक्रमका साथ मनाउने भएको छ । सो एशोसिएसनले आउँदो आइतबार ९ सेप्टेम्बरका दिन फार्नबरोस्थित सामुयल कोडी स्पेष्लीष्ट कलेजमा १३ औं बार्षिक तीज पर्वको रुपमा मनाउन लागेको हो । नेपाली महिलाहरुको पर्वहरुलाई बिशेष ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको आमाले बेलायतवासी नेपाली महिलाहरुलाई उपस्थित भई सामूहिक रुपमा तीज मनाउन अनुरोध गरेका छन् । आमाका अनुसार प्रवेशद्वारमा टिकट लिएको १५ पाउण्ड र सोही भन्दा अघिनै अग्रिम टिकट लिएमा १३ पाउण्ड तोकिएको जनाउँदै टिकट तथा विस्तृत जानकारीका लागि कल्पना गुरुङ (अल्डरसट), दुर्गा पुन (स्यान्डर्स) र निमा क्षेत्री (फार्नबरो) लाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।






