कियाचुबाट सिसेक्पा तङ्गनाम–२०१८ को समीक्षा

SHARE:

एटा संवाददाता
अल्डरसट । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेले गत जुलाई १४ का दिन फेल्थाम लन्डनमा सम्पन्न सिसेक्पा तङ्गनाम–२०१८ को समीक्षा गरेको छ । गत २५ अगष्ट शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बैठक बसी व्यापक रुपमा समीक्षा गरेको हो ।

बैठकमा कोषाध्यक्ष धनकुमार काम्बाङ्गले सिसेक्पा तङ्गनाम कार्यक्रमको आय–व्यय प्रस्तुत गरेका थिए । त्यस्तै सह–अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फेले फण्ड राईजिङ्गको हिसाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा च्यारिटीको नाममा बिना अनुमति राफल ड्र संचालन गरेको पाइएकोले त्यस्ता गतिविधिलाई रोक्न कार्यसमिति चनाखो हुनुपर्नेमा जोड दिए । त्यस्तै, थामेन्दिङ्ग हाजिरी जवाफ प्रतियोगिता सफल भएकोमा बधाई दिएका थिए भने चुम्लुङदेन खरीद गर्न बिशेष भूमिका खेल्न सफल पोपर्टी पर्चेच कमिटीलाई धन्यवाद दिए । बैठकमा अध्यक्ष दिलसिं मेन्याङ्बोले कार्यसमिति, सबै शाखा, महिला र युवाहरुको साथ र सहयोगले कार्यक्रम सफल भएकोमा धन्यवाद दिए । त्यस्तै, शाखाका अध्यक्षहरुले यसपटकको कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न भएकोमा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नगेन्द्र राज नेम्वाङ्गको प्रशंसा गरे ।

बैठकले नेपालबाट आएका गायक ब्रबिन शेर्माको सांगीतिक यात्रालाई सहयोग गर्न विभिन्न शाखालाई अनुरोध गरे । त्यस्तै, हालै खरिद गरेको चुम्लुङदेनलाई तुरुन्त फेन्स लगाउने र झार काट्ने निर्णय गर्दै बाँकी मर्मत संहार गर्नका लागि निर्माण समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी २९ सेप्टेम्बरका दिन साधारणसभा एवं अध्यक्षता हस्तान्तरण कार्यक्रम अल्डरसटमा गर्ने निर्णय गरेको छ । बैठकमा सल्लाहकारहरु नरकुमारी लिम्बु, ले.रि. सिरी लिम्बु र पूर्व अध्यक्ष काजीमान याक्सोलगायतको समेत बिशेष उपस्थिति रहेको थियो ।

किरात याक्थुङ चुम्लुङ्ग युकेका अध्यक्ष डिलसिं मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न बैठक सचिव बिश्वासदीप तिगेलाले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!