टु-आरजीआरले जित्यो ११औं पाँचथर कप

SHARE:

  • नगेन्द्रराज नेम्बाङ

लन्डन, हन्स्लो ६ मे २०२४ । ११औं पाँचथर कप टु-आरजीआरले जितेको छ ।

पाँचथर समाज सेवा युकेद्वारा शनिबार आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा एफसी तोङ्बा टिमलाई ०-२ गोलले पराजित गर्दै टु-आरजीआरले कप जितेको हो । मुख्य टिममा फार्नबोरो इलाइट टिमबाट सौगत गुरुङले अत्यधिक स्कोर गरे भने टु-आरजीआर टिमबाट रोशन थाम्सुहाङ उत्कृष्ट खेलाडी भए ।

प्रतियोगितामा तीन समूहका ३४ टिमले खेलेका थिए । मेन, भेटेरेन र सुपर भेटेरेन टिम । सुपर भेटेरेन समूहमा इलाम एफसी विजेता, धरान एफसी उपविजेता बने । टप स्कोरर इलाम एफसीका लेख राई र उत्कृष्ट खेलाडी पनि सोही टिमबाट धन राई घोषित भए ।

भेटेरेन समूहमा इन्टेक ०४ ले विजेता बन्दा उपविजेता एनएन एफसी भए । टप स्कोरर इन्टेक ०४ बाट निसान गुरुङ र उत्कृष्ट खेलाडी सोम थापा छानिए ।

मुख्य टिमतर्फ विजेतालाई पाँचथर कप, एक हजार पाउन्ड नगद र इन्डिभिज्युअल ट्रफी प्रदान गरिएको थियो । त्यस्तै अन्य समूहका विजयी टिमलाई कप, नगद र इन्डिभिज्युअल ट्रफी पुरस्कार दिइएको थियो उपविजेता टिमहरुले नगद र इन्डिभिज्युअल ट्रफी प्राप्त गरे ।

खेल सुरु भएको मध्यान्तरमा जन्मभूमि नेपाललाई सम्मान र स्मरण गर्दै राष्ट्रिय गीत र बेलायतको राष्ट्रिय गान बजाउँदै प्रमुख अथिति मेजर गजेन्द्र आङ्देम्बे र अध्यक्ष शान्ति लिम्बूले संयुक्त रुपमा दिप प्रज्वलन गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले उपस्थित अथितिहरुलाई स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अथिति मेजर गजेन्द्र आङ्देम्बेले उपस्थित खेलाडीहरुलाई धन्यवाद दिँदै पाँचथर समाज सेवा युकेलाई आउँदो वर्षहरुमा पनि यसरी नै प्रतियोगिता निरन्तरता दिन र सफलताको शुभकामना दिएका थिए ।

प्रतियोगिता संयोजक सन्देश नेम्बाङ र संस्थाका अध्यक्ष शान्ति लिम्बूले उपस्थित सम्पूर्ण खेलाडी, दर्शक प्रतियोगिता संचालनमा खटिएका कार्यसमिति, अफिसियल पुरस्कार प्रायोजकलाई धन्यवात प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

शान्ति लिम्बूको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अन्य अथितिहरु, कियाचु युकेका सल्लाहकार यामबहादुर आङ्बोहाङ माङेना चुम्लुङ युकेकी संस्थापक अध्यक्ष कमला लिम्बु, सेवारो कलाकार संघ युकेकी अध्यक्ष दुर्गा पाङमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेकी अध्यक्ष शर्मिला याक्सो, किरात याक्थुङ चुम्लुङ युकेका संस्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ, तेर्थुम समाज युकेको अध्यक्ष जय मादेम्बा, इलाम सोसाइटी युकेकी अध्यक्ष प्रमिला लाबुङ राई, गोर्खा च्यानल सन्चालिका बिमला सेनेको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन खगेन्द्र लावती, योगेन्द्र तावा, कोषाध्यक्ष शिखर लिम्बू र को-ओर्डिनेटर सन्देश नेम्बाङले सन्चालन गरेका थिए ।

स्मरण रहोस् मेन टिम अत्यधिक स्कोररको पुरस्कार संस्थापक महासचिव स्व. प्रेमप्रकाश नेम्बाङको सम्मान र सम्झनामा संस्थाबाट नै प्रदान गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!