सोंपाल समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा जगदीश गुरुङ

SHARE:

 

लन्डन ७ मे २०२४ । सोंपाल समाज युकेको अध्यक्षमा जगदिश गुरुङ सर्वसम्मत चयन भएका छन् ।

आइतबार सम्पन्न अधिवेशनले तमु धीं लन्डन इकाइका सल्लाहकारसमेत रहेका गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा क्रमसः भरत गुरुङ, श्रीमती मिना गुरुङ, महासचिवमा क्या. मोहन गुरुङ, सचिवमा, नवराज गुरुङ, कोषाध्यक्षमा अन्तिम गुरुङ, सांस्कृतिक सचिबमा दिपा गुरुङ, मिडिया सचिबमा, प्रण गुरुङ, वेब मास्टरमा विजय गुरुङ, खेलकुद सचिबमा भिम गुरुङ, स्वस्थ तथा सुरक्षा सचिबमा चन्द्र गुरुङ चयन भएका छन। त्यस्तै धन गुरुङ साउथ इस्ट, दिपक गुरुङ रिडिङ, लैच गुरुङ अल्डरसट फार्नबोरो, सुबर्ण गुरुङ बेजिङस्टोक, सन्तोष गुरुङ स्वीन्डन, गीता गुरुङ ग्रिन्फोर्ड, वेम्ब्ली, हारो, मिथिला गुरुङ बन्वोक, हेस, साउथहलको एरिया रेपमा चयन भएका छन ।

आमा समूहको अध्यक्षमा श्रीमती मनदेवी गुरुङ, उपाध्यक्षमा, श्रीमती माया गुरुङ चयन भएका छन भने युवा समुहको संयोजकमा सुजन गुरुङ चयन भएका छन ।

निर्वाचन मण्डलको संयोजक निबर्तमान अध्यक्ष युक्त गुरुङ थिए भने सदस्य हरुमा ट्रष्टी दिपक गुरुङ (डेबिड) र क्याप्टेन चित्र गुरुङ रहेका थिए।

समाजमा यसअघि श्रीप्रसाद गुरुङ अध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिलाई तमु धीं लन्डन इकाइले बधाई ज्ञापन गरेको छ ।

सोंपाल समाज युके र तमु धीं लन्डन इकाईबीचको सम्बन्ध विगत झैँ आपसी भाइचाराको रूपमा अघि बढ्ने कामनासहित इकाईका महासचिव रक गुरुङले शुभकामना व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!