युट्युब च्यानल‘हेर्नेकथा’ टीम र बेलायतवासी नेपालीबीच साक्षात्कार

SHARE:

लन्डन ७ मे २०२४ । युट्युब च्यानल ‘हेर्नेकथा’ टीम र बेलायतवासी नेपालीहरूबीच साक्षात्कार भएको छ ।

आइतबार दिउँसो एम्पायर हल अल्डरसटमा भएको कार्यक्रममा हेर्नेकथाले तयार पारेको र हालसम्म प्रसारण नभएको करिब १ घण्टा १५ मिनेटको ‘हराएका वर्षहरू’ शीर्षकको भिडियो पनि प्रसारण गरिएको थियो । घरबाट गलैँचा बुन्न काठमाडौँ गएका एक १० वर्षे किशोर ३५ वर्षसम्म घरबाट बेपत्ता भएको र परिवारसित पुनर्मिलन भएको सो भिडियो हेरेर भावविह्वल नहुने शायदै थिए होलान् । भिडियोपछि उपस्थित सर्वसाधारणले हेर्ने कथा टीमसित विभिन्न जिज्ञासा राखेका थिए ।

सर्वसाधारणको जिज्ञासाको हेर्नेकथाका परिकल्पनाकारद्वय कमलकुमार र विद्या चापागाईंले जवाफ दिएका थिए । नेपाल पत्रकार महासंघ बेलायत सहआयोजक रहेको कार्यक्रमको संचालन प्रमिला लाबुङ राईले गरेका थिए भने स्वागत मन्तव्य पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले र धन्यवाद ज्ञापन वरिष्ठ पत्रकार भगिरथ योगीले गरेका थिए ।

हेर्नेकथा टीमले शनिबार सोआस युनिभर्सिटी लण्डनमा अन्तरक्रिया गरेको थियो भने बेलायतका अन्य भागहरू केन्ट, म्यानचेष्टर, एडिनबरा लगायतमा अन्तरक्रिया गर्दैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!