जुन ८ मा इलमपोखरी समाज युकेको गृष्मकालीन बीबीक्यू पार्टी, के-के छन् आकर्षण ?

SHARE:


लन्डन ८ मे २०२४ । इलमपोखरी समाज युकेको गृष्मकालीन वार्षिक बीबीक्यू पार्टी आउँदो जुन ८ तारिखमा हुने भएको छ ।

लेजर सेन्टर अल्डरसटमा बिहान १० बजे सुरूदेखि यस वर्षको बीबीक्यू पार्टी हुने समाजका अध्यक्ष परशु गुरुङले जानकारी दिए । कार्यक्रममा आकर्षक पुरस्कारसहित महिला भलिबल, महिलाका लागि म्युजिकल चेयर, ठेलो र फुटबल प्रतियोगिता समावेश गरिएका छन् ।

सो अवसरमा स्थानीय कलाकारसहित नेपालबाट आएकी इन्द्रेणी कार्यक्रमकी सञ्चालिका मनमाया वाइबाको बेजोड प्रस्तुति रहनेछ । साथै भाग्योदय चिट्ठा पनि समावेश गरिएको छ । यस समाजले वर्षमा दुई पटक मुख्य कार्यक्रम आयोजना गर्ने गर्छ, हिउँदमा ल्होछार पार्टी र समरमा बीबीक्यू पार्टी । न्यानो मौसम भएको कारण हिउँदभन्दा समर पार्टीमा धेरै मानिस सहभागी हुने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!