नेपाली राष्ट्रिय फुटबल टोली र बेलायतवासी नेपालीलाई दूतावासको सम्मान

SHARE:

लन्डन ९ मे २०२४ । बेलायतमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपाली दूतावास लन्डनले सम्मान गरेको छ ।

गत मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग ऐतिहासिक फुटबल खेलेको टोलीलाई बिहीबार साँझ दूतावासमा एक रिसेप्सन आयोजना गरी राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् । उनले खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेसनल लिग प्रमुख लरेन्स जोन्स, खेल सफल पार्न नेपाली समुदायबाट स्वयमसेवकका रुपमा योगदान गर्ने सूर्य गुरुङ, कमल कोने गुरुङ, कुमार गुरुङ र दिलरास गुरुङलगायतलाई पनि सम्मान गरे । साथै, खेलका लागि आर्थिक सहयोग प्रदान गर्ने समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने तथा प्रायोजक नेपाल फुड्सका विकास नेपाल पनि सम्मानित भए ।

समारोहमा मन्तव्य राख्दै राजदूत आचार्यले इंग्ल्याण्ड र नेपालबीचको ऐतिहासिक पहिलो फुटबल खेलले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न सहयोग पुर्‍याएको विश्वास व्यक्त गरे । खेल आयोजक अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिमले खेल सफल पार्न नेपाली पक्षबाट प्राप्त साथ, सहयोगप्रति आभार प्रकट गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!