पुन मगर समाज र पुन समाज युके एकीकृत नहुनुको कारण

SHARE:

अङ्ग गर्बुजा
सर्व प्रथम बेलायतवासी पुन मगरहरु, पुनहरू सबै एक हुनु पर्दछ । अहिले भएका दुवै समाज एउटा हुनु पर्दछ भनेर सबै पुनहरू र पुनमगरहरुको चाहना, भावना र इच्छा भएकाले गत दुई वर्षदेखि अनौपचारिक रुपमा सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्दै आइरहेका थियौं । दुवै समाजका कार्यसमितिहरु पनि एक हुनु पर्दछ भन्ने सोचाई भएको थियो ।

यस कार्यलाई औपचारिक रुपमा लैजानुको लागि दुवै संस्थाको साधारण सभामा दुवै समाजको तर्फदेखि एकीकृत हुनु पर्दछ भने र पारित भएको थियो । गत ३० डिसेम्बर २०१३ सालमा पुन समाज युके विभाजित भएको थियो । यसरी विभाजित हुन लज्जित र दु:खको कुरा थियो । बुझेर वा नबुझेर जे भए पनि समाज विभाजन हुनु गलत थियो ।

समाज एकीकरण गर्नुको लागि सामाजिक विभिन्न संघसंस्थाहरुमा काम गर्नु भएको अनुभवी व्यक्तिहरु जम्मा ०६ जनाको एकीकृत कार्यसमिति गठन भएको थियो । (१) संयोजक: अर्जुन तिलिजा (२) सहसंयोजक: गंग खोरजा (३) सचिव: इन्द्र पुर्जा (४) उपसचिव र कोषाध्यक्ष : थमन खोरजा (५) प्रवक्ता : कुमार फगामी (६) मिडिया : भिम पुर्जा थिए ।समाज विभाजन भएको चार वर्षको अवधिमा दुवै समाजको तर्फ देखि आआफ्नो तरिकाले कार्यक्रम सञ्चालन गर्दै आएका थिए । अब दुवै समाज एक भएर जाउँ र सबै मिलेर सँगै कार्यक्रम सञ्चालन गर्दै जाउँ भन्ने थियो । बेलायतमा हाम्रो समाज खोल्नुको मुख्य उद्देश्य बेलायतमा बस्ने पुनहरु, पुनमगरहरुको दु:खसुखमा साथ दिनु, सेवा सहयोग आदानप्रदान गर्नु र गराउनु थियो । र त्यसपछि मात्र हाम्रो भाषा, भेषभूषा, हाम्रो पहिचान, संस्कार, संस्कृति परम्परालाई जोगाइराख्नु थियो । हाम्रा भावी सन्ततीहरुलाई पहिचान सिकाउने भनिए तापनि त्यो हुनु नसकेर झन् कमजोर हुँदै गएको थियो । र, यसरी अप्ठ्यारा परिस्थिति सिर्जना भएको थियो ।

त्यसैले यही अप्ठ्यारा परिस्तिथिहरुलाई सदाका लागि अन्त गर्नको लागि वा सहज गराउनुको लागि एकताको प्रयास गरिएको थियो । बेलायतमा सबै पुनहरु एक हुने हो भने यहाँको हरेक क्षेत्रमा पुन मगरहरु पुनहरुको प्रतिनिधित्व, नेतृत्व पनि र सांगठनिक, आर्थिक, नैतिक जुनसुकै हिसाबले पनि बलियो बन्ने थियो । तर, दु:खको कुरा बेलायतवासी हजारांै पुनमगरहरु, पुनहरुको एकता र चाहनाभन्दा विगतमा झंै आआफ्नै ढिप्पी र स्वार्थबाट यो समाज अलग रहन सकेन । र, वार्ता प्रक्रिया फेरि अवरुद्ध हुन पुग्यो । यो एकता प्रयास किन र कसरी अवरुद्ध हुन गयो भन्ने कुराहरुमा अब बेलायतवासी पुन मगरहरु, पुनहरुले खोज्न जरुरी छ । र, खोज्ने छन् पनि भन्ने हामीलाई विश्वास लागेको छ । समाज एकता अभियान संयोजक समितिहरुले एकता प्रयास सक्दो कोसिस गरेका नै थिए । यसरी संयोजक समितिहरुले एकता प्रयासमा गरिएको निर्णयहरु बेलायतवासी सम्पूर्ण पुन मगरहरु, पुनहरुमा सार्वजनिक गरिएको थियो ।

पुन मगर समाज र पुन समाज दुवै समाजका पदाधिकारीहरुबीच गत १५ जुलाई २०१८ को दिनमा पुन समाज युकेले समाजको नामकरणमा कुनै पनि वैकल्पिक नाममा नजाने र एकता प्रकिया अहिलेलाई अन्त गर्ने निर्णय गर्‍यो । पुन मगर समाज युकेले अरु कुनै पनि वैकल्पिक नाममा जान अझै तयार रहेको र केही वैकल्पिक नाम पनि प्रस्तुत गर्‍यो । पुन मगर समाज युकेले अझै लचकताको बीच उपस्थित व्यक्तिहरुबाट एकता हुनु जरुरी छ, एकता जसरी पनि हुनु पर्दछ समाधानको उपाय अझै खोज्यौ भन्दै विभिन्न किसिमका संवाद छलफल अनि सुझावहरु दिएका थिए ।

पुन समाज युकेलाई यस प्रकियामा सहमत जनाउन एक महिनाको समय माग गर्नु अनुरोध गर्दा समेत पुन समाज युकेले माग नगरी ३० जुन २०१८ समाजको निर्णय नै अन्तिम भएको भन्दै पुन समाज युके यस प्रकियालाई अन्त्य गर्न निष्कर्षमा पुग्यो । जुन हामी सम्पूर्ण पुन मगरहरु, पुनहरुमा र संयोजन समितिलगायत उपस्थित सम्पूर्ण सहभागी व्यक्तित्वहरुमा यो दु:खको क्षण रह्यो । गत ३० डिसेम्बर २०१३ मा विभाजन भएको थियो । र, १५ जुलाई २०१८ को दिनमा एकीकृत हुन सकेन । यी दिनहरु नै बेलायतवासी पुन मगरहरु र पुनहरुको कालो दिन भयो र इतिहासिक दिन बन्न पुग्यो ।
(लेखक गर्बुजा पुन मगर समाज युकेका मिडिया सचिव हुन्)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!