बीसीसी युकेद्वारा आनी छोइङको स्वागत 

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आनी छोइङ डोल्मालाई स्वागत तथा सम्मान गरेको छ । मानव सेवा आश्रम बेलायतको बिशेष निमन्त्रणमा बेलायत आएका आनी डोल्मालाई गत शनिबार ११ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो ।
उनलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा कार्यसमिति, आमा प्रमुख जगना गुरुङ तथा आमाहरु, ट्रष्टी मेम्बर्स, सल्लाहकारलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरेको हो ।
उक्त कार्यक्रममामा आनी डोल्माले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै, ‘मानव सेवा नै धर्म हो, बुद्धको शिक्षा भनेको ज्ञान सिकाउने हो, सबैलाई समान व्यवहार गर्ने हो, दीन दुःखीहरुको सेवा गर्ने हो’, भने । साथै, उनले, मानव सेवा आश्रम नेपालले एकदमै राम्रो काम गरिरहेको बताउँदै आपूmले सकेको सहयोग गर्न आग्रह गरिन् ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले आनी डोल्मालाई स्वागत गर्दै बीसीसी युकेले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी दिए । साथै, उनले आउने २३ मे का दिन विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बताए ।
त्यस्तै, महासचिव मेजर हितमान गुरुङले आनी छोइङ डोल्माको छोटो परिचय दिदै, आनी छोइङले निस्वार्थ भावनाले बुद्धको अनुयायीको रुपमा परोपकारी कामहरु गर्दै आइरहेको बताए । साथै, उनले आनी डोल्माले दया, माया र करुणाका साथ थुप्रै बालबालिकाहरुको शिक्षा, बृद्धवृद्धाहरुको हेरचाहलगायतको क्षेत्रमा समेत थुप्रै सहयोग गरिरहेको जानकारी दिए ।
करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म सुनाम लामा, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत बीसीसी युकेका ट्रष्टीज, सल्लाहकार, भक्तजन, शुभचिन्तकलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले  संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!