लन्डन १७ मे २०२४ । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङ पुरस्कृत भएकी छन् ।
बिहीबार मे १६ तारिख २०२४ बेलुकी ग्रील्डफोर्ड सर्रेको हार्बर होटलमा आयोजित सर्रे एन्ड बोडर्स पार्टनरसिप स्टाफ अवार्ड समारोहमा सुष्माले दोस्रो पोजिसनको अवार्ड प्राप्त गरेकी हुन । उनलाई करिब ४ सय दर्शकको माझ सर्रे एन्ड बोडर्स पार्टनरसिप एनएचएस फाउन्डेसन ट्रस्ट २०२३ बाट सिल्भर क्याटगोरीमा ‘इम्प्लोइ अफ द इयर-२०२३’ प्रदान गरिएको हो । समारोहमा अल्डरसट हेल्थ केयरका १० जना स्टाफसहित फ्रिम्ली पार्क हस्पिटलका स्टाफहरुले पनि सुष्मालाई साथ दिएका थिए । सुष्मा अल्डरसट हेल्थ सेन्टरमा कार्यरत छिन् ।
एनएचएसका कर्मचारीहरुले कसले कति काम गरे भन्ने २०२३ मा गरिएको अनुसन्धनबाट सुष्मा अब्बल कर्मचारी ठहरिएपछि पुरस्कृत गरिएको हो । फर्हाम हस्पिटलमा कार्यरत सुष्माले एनएचएस कर्मचारीहरुमध्येबाट राम्रो काम गरेको ठहर भएको छ । सुष्माले खासगरी गोर्खा र नेपाली समुदायबीच ‘कुराकानी’ कार्यक्रम चलाउँदै आएकी छन् भने बिरामीहरुको राम्रो हेरविचार, बिरामीहरुलाई उपचारमा खेलेको भूमिकाको कदरस्वरुप पुरस्कार दिइएको हो ।






