बेलायतवासी ‘च्यारिटी किङ’द्वारा मानव सेवा आश्रमलाई ३ हजार ३३ पाउन्डको चेक हस्तान्तरण

SHARE:

तस्बिर : मिलन तमु

लन्डन १९ मे २०२४ । बेलायतमा ‘च्यारिटी किङ’ उपनामले परिचित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं व्यवसायी सूर्य गुरुङ दप्पतीले मानव सेवा आश्रम नेपाललाई ३ हजार ३३ पाउन्डको चेक हस्तान्तरण गरेका छन् ।

मानवसेवा आश्रम सहयोगार्थ क्याम्बर्लीस्थित कन्ट्री क्लबको अन्तर्राष्ट्रिय कन्सर्ट हलमा गत ५ मेमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्टमा घोषणा गरिएको ५ लाख ११ हजार नेपाली रुपैयाँबराबर ३ हजार ३३ पाउन्डको चेक शनिबार १८ मे का दिन गोर्खा प्यालेस रेस्टुरेन्ट फानबोरोमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई प्रदान गरेका हुन् ।

व्यवसायी सूर्यले आफ्नै गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा संकलित रकम मानवसेवा आश्रमलाई प्रदान गरेका हुन् । सूर्यले आश्रमको एक कोठा निर्माणको लागि सहयोग दिएको जनाए ।

मानवसेवा आश्रमको भवन निर्माण परियोजनालाई कोष जुटाउन आश्रमको बेलायत शाखाले सामाजिक अभियन्ता तथा गायिका आनी छोइङ डोल्माको प्रस्तुतिमा कार्यक्रम गरिएको थियो । सो क्रममा तमु धीं युकेका अध्यक्ष हरि गुरुङले ५ लाख ११ हजार, समाजसेवीहरु राजेश पाठक ५ लाख ११ हजार १११, कृष्ण गैरे ५ लाख ११ हजार १११ रुपैयाँ र अन्य विभिन्न सहयोगीहरुले सहयोगको घोषणा गरेका थिए ।

यस पटक मानवसेवा आश्रम नेपालका लागि बेलायतका विभिन्न ठाउँबाट गरी डेढ करोड संकलन भइसकेको अध्यक्ष अधिकारीले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!