बेलायतमा इन्टेक १९९१ को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

[clear]

नगेन्द्रराज नेम्बाङ
लन्डन, फार्नबोरो १८ मे २०२४ । बेलायतमा इन्टेक १९९१ (८७ वाला) को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार १८ मे २०२४ मा तेज सुनुवारको अध्यक्षतामा वार्षिक भेटघाट कार्यक्रम भएको हो । कार्यक्रमको सुरुआत मातृभूमि नेपालको सम्मान र स्मरण गर्दै राष्ट्रिय गीत बजाएर भएको थियो । र, बितेर गइसकेका स्व. जंगबहादुर गुरुङ र ठाकुरसिङ गुरुङका दिवंगत आत्माहरुको चिरशान्ति कामनाको लागि २ मिनेट मौनधारण गरेका थिए ।

इन्टेक ९१ ले गत १४ मेमा ३३ वर्ष पूरा गरी ३४ औं वर्ष प्रवेश भएकोमा केक काटेर वार्षिकोत्सव मनाएका थिए । कार्यक्रमको शुभअवसरमा विभिन्न सफल व्यवसायमा पदोन्नती, पत्रकारिता क्षेत्रमा अग्रज नम्बरीहरुलाई अध्यक्ष तेजले र नम्बरी बहिनीहरुलाई श्रीमती प्रतिमा सुनुवारले खादा ओढाइ सम्मान गरेका थिए ।

नम्बरीहरु ब्रिगेड अफ गोर्खाज्को उच्च पदमा पदोन्नती भएका लेफ्टिनेन्ट कर्णेल बिजय सुब्बा बीएफबीएस गोर्खा रेडियो युकेका म्यानेजिङ डाइरेक्टर योगराज राई र एभेरेस्ट टाइम्स युके अनलाइनका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङ, याक एन्ड यती रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर बोम गुरुङ डि लाउन्ज रेस्टुरेन्ट अल्डरसटका म्यानेजिङ डाइरेक्टर तुलाराम गुरुङ र छोरा क्षितिज गुरुङ, स्यान्डहर्स्ट कमिसनिङ अफिसर भएकोमा बुबा टेक गुरुङ र नम्बरी बहिनीलाई खादा ओढाइ सम्मान गरेका थिए । यस्तै नम्बरी याम गुरुङको श्रीमती मनसरी गुरुङ हेड अफ नर्स भएकोमा उनीहरुको दम्पतीलाई खादा ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा नगेन्द्रराज नेम्बाङले आफ्नो कृति ‘स्वस्थ जिन्दगीको शान’ अध्यक्ष तेज सुनुवारलाई प्रदान गरेका थिए ।

मनोरन्जनात्मक कार्यक्रममा नेपालबाट आएका कलाकार लोकदोहोरी गायिकाद्वय सविता परियार र मुना मगरले विभिन्न लोकदोहोरी गाएर माहोललाई तताएका थिए भने सबै नम्बरी बहिनीहरु डिजेको नेपाली हिन्दी गीतमा नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

कार्यक्रममा सबै नम्बरीहरुको प्रतिनिधित्व गर्दै लेफ्टिनेन्ट कर्णेल बिजय सुब्बाले धन्यवाद तथा शुभकामना मन्तव्य राखेका थिए । खाना व्यवस्थापन तुला गुरुङ, पेय पदार्थ व्यवस्थापन बिर बलाल र टिकेटिङमा कोषाध्यक्ष जगत आले खटिएका थिए ।

कार्यक्रम सचिव बिर बलालले सञ्चालन गरेका थिए । अध्यक्ष तेज सुनुवारले कार्यक्रम भव्य सफल भएको र सबै उपस्थित नम्बरीहरुलाई धन्यवाद दिँदै अर्को साल भेट्ने वाचा गर्दै औपचारिक कार्यक्रमको बिट मारेका थिए ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!