बीसीसी युकेले २५६८ औं बुद्ध जयन्ती मनाउँदै, कार्यक्रममा सहभागी अध्यक्ष गुरुङको आग्रह

SHARE:

लन्डन २१ मे २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठसहित २५६८ औं बुद्ध जयन्ती मनाउने भएको छ ।

आउँदो मे २३ बिहीबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय हिज होलिनेश दिल्गो क्याब्जे खेन्चे याङ्सी रिन्पोछे र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको विशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।

दुई चरणमा आयोजना गर्न लागिएको उक्त २३ मे बिहीबार बिहान ८.३० देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, लोपेन नोर्बु, लोपेन दावालगायत गुरुहरुले बुद्ध साधना पूजा गर्ने भएको छ । त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक आङ्गदावा शेर्पाले जानकारी दिए । उनका अनुसार सुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने छ ।

बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेका छन् । बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको कार्यक्रमको अन्त्यमा हिज होलिनेश दिल्गो क्याब्जे खेन्चे याङ्सी रिन्पोछे रिन्पोछेले सहभागी भक्तजनहरुलाई हिज होलिनेश खेन्चे याङ्सी रिन्पोछेले आयुको (लङ्ग लाईफ) को विशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिनेछन् । त्यस्तै, हिज होलिनेश खेन्चे रिन्पोछेले बीसीसी युकेले हालै बनाएको १ केजी तौलको सुनको बत्तीको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमका लागि प्रवेश शुल्कबापत २० पाउण्ड दस्तुर तोकिएको र कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राईट अनलाईनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष आङ्गदावा शेर्पाले जानकारी गराए । उनले कार्यक्रमको महत्वलाई बुझेर युरोपबाट समेत थुप्रै भक्तजनहरुले अनलाईनमार्फत टिकट खरिद गरिरहेकोले बेलायतवासी इच्छुक महानुभावहरुले जति सक्दो छिटो आफ्ना सीट सुरक्षित राख्न अनुरोध गरेका छन् ।

बीसीसी युकेको विशेष निमन्त्रणामा बेलायत आउन लागेका हिज होलिनेश खेन्चे रिन्पोछेले बिहीबार २३ मे का दिन बीसीसी युकेद्वारा अल्डरसट र बीसीसी युके लन्डन शाखाद्वारा शनिबार २५ मे का दिन फेल्थाममा आयोजना गर्न लागिएको बुद्धजयन्ती कार्यक्रममा विशेष सहभागी जनाउने छन् । त्यस्तै, आइतबार २६ मे को बिहान बीसीसी युकेको हालै सम्पन्न भएको बत्ती घरको उद्घाटन सँगसँगै भूमि पूजा गर्ने कार्यक्रम तय भएको महासचिव मेजर हितमान गुरुङले जानकारी दिएका छन् ।

भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्ती कार्यक्रममा सहभागी भैदिनहुनका लागि बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले बेलायतवासी नेपालीहरुसमक्ष अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!