[clear][clear]लन्डन २३ अप्रिल २०२४ । इतिहासमा नै पहिलो पटक बेलायतको प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा पहिलो पटक बुद्ध जयन्ती मनाइएको छ ।
बिहीबार मे २२ का दिन बेलायतको प्रधानमन्त्री निवासमा २५६८औँ बुद्ध जयन्ती मनाइएको हो । बेलायतकी सामाजिक आवास, धार्मिक आस्था तथा लर्ड्ससम्बन्धी ब्रिटिस उपमन्त्री ब्यारोनेस स्कट ब्रुक ओबीइले बेलायत संसारकै सबैभन्दा बढी विविधतायुक्त मुलुक भएको बताइन् । संयुक्त राष्ट्र संघका अनुसार पनि बेलायत सबै धर्महरूलाई समान मान्यता र महत्व देश हो । विगतका वर्षमा भने बुद्ध जयन्ती संसद् भवनमा मनाइन्थ्यो ।
समारोहमा नेपाल, श्रीलंका र भारतका राजदूतहरु साथै नेपाल, जापान, युके, श्रीलंका र भारतका बौद्ध भिक्षुहरु सहभागी थिए । यस्तै कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष पुनम गुरुङ, बार्नेट काउन्सिलका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, लामा गुरु खेन्पो सन्तोष गुरुङ, डाइमन्ड बुद्धिस्ट सेन्टर युके (डीबीसी) अध्यक्ष योगेश गुरुङ र पूर्वकाउन्सिलर मेजर चित्र राणालगायत उपस्थित थिए ।






