चौदण्डी नम् बुद्ध विहार’ स्थापना

SHARE:

संजय सिङजाली मगर
नेपाल – खानेपानीको अभाव र औलोको प्रकोपलाई झेल्दै उदयपुरको चौदण्डीगढीस्थित बेल्टार बजार बस्ती योग्य बनाउन मगरहरुको ठुलो योगदान छ । स्थानीय थारुहरुले बेल्टारलाई केवरपटार भन्ने गर्दछ । बस्तीसंगै बजारको विकासले मगरलाई छोएन बरु पूख्र्यौली जमिनहरु अरुको नाममा नामसारी तिब्रगतिमा भयो । मदन भण्डारी पहाडी राजमार्ग जोडिएपछि सातधारे, भुल्केमा अत्यधिक सवारी दुर्घटनाले भयरहित शान्तिकोलागि शान्तिका अग्रदूत गौतम बुद्धको नामबाट चौदण्डी नम् बुद्ध विहार’ स्थापना भएको हो । विहार स्थापनाले सबै जातजाति, वर्ग, समुदायमा धार्मिक भाइचाराको सम्वन्ध, सामाजिक सद्भाव कायम होस् भन्ने हेतुले नेपाल मगर संघ, नगर समन्वय समिति चौदण्डीगढी र चौदण्डी नम् बुद्ध विहार सञ्चालन समितिद्वारा २५६८ औं बुद्ध जयन्तीको अवसरमा ‘चौदण्डी नम् बुद्ध विहार’ वडा नं. ६ सातधारेमा स्थापना सहित उद्घाटन गरेको थियो । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गर्न  ‘चौदण्डी नम् बुद्ध विहार’ समिति द्धारा बुद्ध शान्ति र्याली सम्पन्न गर्यो ।
सो कार्यक्रम प्रमुख आतिथि चौदण्डीगढि नगरपालिका मेयर कालुमान लामाले विहार स्थापना र बुद्ध जयन्तीलाई सम्बोधन गर्दै सबै मिलेर सुन्दर नगरपालिका बनाउँन एकबद्धता जनाउन आग्रह गरे । र बुद्धलाई विश्वभरका मानिसहरुले शान्ति र अहिंसाका अग्रदुत मान्ने भएकोले हाम्रो नगरपालिकामा पहिलो विहार बन्नु गौरव गर्नु पर्ने बिषय रहेको बताए । त्यस्त निवर्तमान मेयर खगेन्द्र राईले मानसिक तनाव लगायत विभिन्न प्रकारका दुःखहरुको महसुश भएमा एक छिन यो ठाउँमा आएर शान्तित्व प्राप्त गर्न सकिने कुरामा जोड दिनुभयो।
बुद्धिजिवी प्राचार्य राजबहादुर राना मगरले बुद्ध धर्म विज्ञान भएकोले विश्व जगतमा बुद्धको उपदेश ज्ञानहरु विश्वभर फैलिएकोले शान्तिको बाटो अनुशरण गरिरहेको छन् । सबैले शान्तिसँग जीवनयापन गरुन भन्ने उदेश्यले बुद्ध विहारको स्थापना भएको छ । यसरी बुद्ध विहार स्थापन गर्दा सबैको चित्त शान्ति भलो हुने भएकाले विहार स्थापन भएको हो ।
यसरी अतिथि वडाध्यक्षहरु सिताराम राई, अमरबहादुर खड्का राजनीतिकर्मीहरु प्रिया राई कटवाल (स्वतन्त्र), रामबहादुर खत्री (राप्रपा), कृष्ण खत्री (एमाले , लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केशव राना मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालन सिर्जना थापा मगरले गरेको हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!