पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा खपांगी

SHARE:

लन्डन ३१ मे २०२४ । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश भएको छ । शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार बेलुका सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रत्यक्ष र भर्चुअल दुई माध्यममा सिंगो कार्यसमितिको शत प्रतिशत सहभागिता रहेको बैठकले सदस्यता आवेदनका सम्बन्धमा सर्वसम्मत निर्णय गरेको हो । यसअघि सदस्यता आवेदनका लागि निर्धारित समयभित्र प्राप्त कुल ७० आवेदनमध्ये प्रक्रिया र योग्यता पुग्ने आवेदनहरु स्वीकृत गरिएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । बैठकले शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ ।

अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ । त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ । शाखाको सदस्यताका लागि सिफारिश भएका सदस्यहरुको नामावलीः

नविकरण
१ नवीन पोखरेल
२ देवराज आचार्य चिरन
३ दिनेशकुमार परियार
४ नरेश खपांगीमगर
५ मिलन शर्मा
६ नारायण पौडेल गाउँले
७ श्यामकुमार लुइंटेल
८ पूर्णबहादुर गुरुङ
९ नरेश काङमाङ राई
१० भगिरथ योगी
११ ध्रुवराज अर्याल
१२ शिव भण्डारी
१३ विमला सेने
१४ एभरेष्ट गौतम
१५ फडिन्द्र भट्टराई
१६ प्रजय शुक्ल
१७ बाचस्पति रेग्मी
१८ नरेन्द्र बस्नेत
१९ प्रमिला लाबुङ राई
२० डा शिव तिवारी
२१ जमुना पुन
२२ गोमा राना
२३ सर्बिन्द्र कुमार (एसके) गुरुङ
२४ नगेन्द्रराज नेम्वाङ
२५ सुरेन्द्र इङ्नाम
२६ दूतबहादुर पुन
२७ कुशल श्रेष्ठ
२८ विश्वासदीप तिगेला
२९ मिलन तमु गुरुङ
३० सञ्जयभक्त कंडेल
३१ मञ्जु भण्डारी खरेल
३२ डा जगन्नाथ कार्की
३३ बमबहादुर थापा
३४ जयराम तामाङ
३५ खेमराज रानाभाट
३६ विपिन निरौला
३७ किरण राई

नयाँ सदस्यता:
१ प्रकाश गुरुङ
२ अमित थेवे

स्थानान्तरण:
१ देवी गौतम

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!