बेलायत, अमेरिका, चीन, फ्रान्स र ईयूद्वारा भारतका प्रधानमन्त्री मोदीलाई बधाइ

SHARE:

लन्डन ६ जुन २०२४ । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली सङ्घ (ईयू), जापान र रूसले बधाइ दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीलाई उनको गठबन्धनको विजयका लागि बधाई दिएका छन् भने विदेश मन्त्रालयले अमेरिकाले उहाँसँग ‘स्वतन्त्र र खुला’ एशियामा थप सहकार्य गर्न चाहेको उल्लेख गरेको छ । बाइडेनले लेखेका छन्, “हाम्रो दुई देशबीचको मित्रता निरन्तर बढ्दै गएको छ ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रधानमन्त्री मोदीलाई ‘आफ्नो प्रिय मित्र’ का रूपमा सम्बोधन गर्दै निर्वाचनमा प्राप्त गरेको बिजयका लागि बधाई दिएका छन् ।

त्यसैगरी, चीनले मोदीलाई बधाई दिँदै आफ्नो छिमेकीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ भने गठबन्धनको जीतको बेलायत, (ईयू), जापान र रूसले पनि प्रशंसा गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनले उनको पार्टीलाई गठबन्धन सरकारमा सामेल हुने वातावरण बनेपछि उनले बिहीबारदेखि तेस्रो कार्यकालका लागि तयारी गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!