बेलायतमा मनाइयो ‘भिक्टोरिया डे’, नेपाली संस्थाहरुको प्रदर्शनले रौनक [तस्बिरहरु]

SHARE:


लन्डन ८ जुन २०२४ । बेलायती महारानी भिक्टोरियाको सम्झनामा शनिबार ‘भिक्टोरिया डे’मनाइएको छ । रसमूर बोरो काउन्सिलको आयोजनामा अल्डरसटमा कार्निभल परेड, सांस्कृतिक कार्यक्रमलगायत गरी ‘भिक्टोरिया डे’ मनाइएको हो । उक्त कार्यक्रमका लागि ग्रेटर रसमूर नेपाली कम्युनिटी युकेले समेत सहकार्य गरेको छ ।‘भिक्टोरिया डे’मा बेलायतमा सक्रिय विभिन्न नेपाली संघ संस्था र नेपाली दाजुभाइ दिदीबहिनीहरु जीआरएनसीको नेतृत्वमा भाग लिएका छन् ।

परेडमा बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज युके, तमु धिं, किरात राई यायोक्खा रस्मोर शाखा, मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रस्मोर शाखा, गोर्खा आमा समूह (एम्पायर), गोर्खा आमा समूह अल्डरसट, म खेल्छु, नवयुवा, रनिङ क्लबलगायत व्यक्ति, समाजसेवी, संघसंस्था, उद्यमी र व्यापारीहरु लगायत को सहभागी थिए ।

उनीहरुले नेपालीहरुको आ–आफ्नो भेषभूषा, तुल र व्यानारका साथ भाग लिए । प्रत्येक वर्ष फरक-फरक थिममा हुने भिक्टोरिया डे यस वर्ष एनिमल थिममा भएको हो ।

ब्रिटिस आर्मीको होम टाउनको रुपमा परिचित अल्डरसटमा प्रत्येक वर्ष जुन महिनामा ‘भिक्टोरिया डे’ मनाउँदै आएको छ । बेलायती महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २ सय १६ दिनसम्म लगातार शासन गरेकी थिइन् । उनको कार्यकालमा बेलायतको विकास निर्माणले द्रुत गति लिएको थियो । उनकै शासनकालमा बेलायतको उद्योगधन्दा, रेलमार्ग, बाटो, पुल, विज्ञान लगायतको क्षेत्रमा व्यापकरुपमा विकास भएको इतिहास छ ।

तस्बिर सौजन्य : नेत्र आले

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!