
लन्डन १७ जुन २०२४ ।
Kumar SK Gurung कुमार एसके गुरुङ
नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके) मा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार तमु धीं भवन मिचेटमा भएको महासंघको पाँचौं महाधिवेशनले मेजर योगेश कोयी राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी किरात राई यायोक्खा बेलायतका अध्यक्षसमेत हुन् । उपाध्यक्ष विमला राई, महासचिव फामबहादुर दुरा, सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।
सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजय लिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशन नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा भएको थियो । उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गरेकी थिइन् । त्यसपश्चात् नेफिन युकेको स्मारिका विमोचन गरिएको थियो ।
महाधिवेशनमा महासचिब बिमला सेनेले प्रस्तुत गरेको सांगाठानिक प्रवेदन र अध्यक्ष कर्मा पहाडी शेर्पाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतद्वारा पारित गरिएको छ भने सोहि कार्यक्रममा नेफिन युकेको स्मारिका बिमोचन गरिएको थियो।
अधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई, नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष जंग सुनुवार, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, निवर्तमान अध्यक्ष गोमा राना, किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघ संस्थाका प्रमुख, प्रतिनिधि, बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु, नेफिन युकेका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले अधिवेशनको लागि शुभकामना मन्तब्य राखेका थिए ।
नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचन मण्डलमा निर्वाचन प्रमुख आयुक्त एकेन्द्र गुरुङ, सदस्य सचिब तथा एभरेस्ट टाइम्स युकेका सम्पादक दुत पुन (चिम्खोले काइँला), सदस्यहरु नेफिन युकेका पुर्ब अध्यक्ष ले. श्रीप्रसाद लिम्बू, निबर्तमान अध्यक्ष जंग सुनुवार, नेपाली समाचार डटकमका सम्पादक विश्वासदीप तिगेला थिए । ले. श्री लिम्बुको अनुस्पथितिमा सल्लाहकार भक्त दुराले निर्वाचन मण्डललाई सहयोग गरेका थिए।








