मगर संघ युके यूएचएसबीको नियन्त्रणामा बेलायत आएकी मुनाको बिदाइ

SHARE:


लन्डन २४ जुन २०२४ । मगर संघ युके युनाइटेड हेम्पसेयर सर्रे बर्कसेयर (यूएचएसबी) शाखाको निमन्त्रणामा बेलायत आएकी मुना थापाको बिदाइ गरिएको छ ।

केही दिनमा नै नेपाल फर्किन लागेकी थापाको आइतबार साँझ फार्नबोरोस्थित गोर्खा भवनमा एक कार्यक्रमबीच बिदाइ गरिएको हो । उनी गत जनवरीमा माघे सङ्क्रान्ति कार्यक्रममा बेलायत आएकी थिइन् । सानी कलाकार थापाले माघे सङ्क्रान्तिलगायत अन्य विभिन्न कार्यक्रममा आफ्नो संगीतिक प्रस्तुति दिएर बेलायतवासी नेपालीको मन जित्न सफल भएकी छन् ।

शाखाका अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिर बलालले स्वागत मन्तव्य राखेका थिए । उनले भावुक हुँदै कलाकार थापाको बेलायत यात्राबारे स्मरण गरे ।

सचिव गणेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष सुनिल रानाले कलाकार थापाको कलाको प्रशंसा गरे । नेपालका प्रतिभाशाली कलाकारलाई बेलायत ल्याउन सफल अध्यक्ष एवं कार्य समितिलाई उनले धन्यवाद दिएका थिए । पूर्वअध्यक्ष ताम ढेंगा, महिला समितिका सल्लाहकार नरमती पुन, सल्लाहकार छविमाया पुन र गोमा रानाले शाखाको कामको प्रशंसा गरे ।

अन्त्यमा अध्यक्ष रानाले उपस्थित सबैलाई धन्यवाद दिँदै मुना थापाको सांगीतिक यात्रामा उत्तरोत्तर प्रगतिको कामना गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!