हडतालअघि स्टिलवर्क बन्द गर्ने टाटा स्टिल युकेको धम्की

SHARE:

लन्डन २८ जुन २०२४ । टाटा स्टिल युकेले आगामी हडतालका कारण दक्षिण वेल्सको पोर्ट ट्याल्बोटमा आफ्ना दुई ब्लास्ट फर्नेस बन्द गर्ने धम्की दिएको छ । यसबाट आगामी साता हुन लागेको आम निर्वाचनअघि राजनीतिज्ञहरूबीच चिन्ता बढेको छ ।

भारतीय स्वामित्वको यो विशाल कम्पनीले हरित उत्पादनतर्फ कदम बढाउँदै पहिलो फर्नेस जुनको अन्त्यमा र दोस्रो सेप्टेम्बरसम्ममा बन्द गर्ने योजना बनाएको थियो । यद्यपि टाटाका कर्मचारीहरूले कम्पनीको नोकरी कटौती योजनाको विरोधमा जुलाई ८ देखि अनिश्चितकालीन हडताल सुरु गर्ने युनाइटेड ट्रेड युनियनले एक साताअघि घोषणा गर्यो ।

बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले यसबीच टाटालाई निर्वाचनको परिणामअघि कदम नचाल्न आग्रह गरेको छ । आगामी जुलाई ४ मा हुने आम निर्वाचनमा लेबर पार्टीले सत्ताधारी कन्जरभेटिभ पार्टीलाई पराजित गर्ने व्यापक अपेक्षा गरिएको छ ।

जवाफमा युनाइटले नोकरी सुरक्षित गर्नका लागि लडाइँबाट पछि नहट्ने बताएको छ । जुलाईमा बन्द गर्ने योजना बनाइएको ओभनहरूको प्रयोग कोइलालाई कोकमा परिणत गर्न गरिन्छ, यो स्टिल बनाउने प्रक्रियामा प्रयोग गरिने प्रमुख कच्चा सामग्री हो ।

टाटाले जनवरीमा युकेको सबैभन्दा ठूलो स्टिलवर्क्स पोर्ट ट्यालबोटमा कोक ओभन र दुई उच्च–उत्सर्जन ब्लास्ट फर्नेसलाई बन्द गर्ने योजना बनाइरहेको खुलासा गरेको थियो । यसबाट दुई हजार आठ सय नोकरी गुम्नेछ । यो उलटपलट कम कार्बन–सघन उत्पादनलाई लगानी गर्ने प्रयास गरिरहेको यस युरोपेली स्टिल उद्योगले उथलपुथलको सामना गरेको बेला आएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!