लन्डन ८ जुलाई २०२४ । पहेँलो धातु (सुन) प्रतितोला नेपालमा भन्दा बेलायतमा १५ हजार नेपाली रुपैयाँ सस्तो देखिएको छ ।
८ जुलाई २०२४ को मूल्यअनुसार नेपालमा ८ सय ४५ पाउन्ड (१ लाख ४५ हजार रुपैयाँ) र बेलायतमा ७ सय ६० (१ लाख ३० हजार १९१ रुपैयाँ) मा कारोबार भइरहेको छ ।
नेप्लिज ज्वेलरी एसोसिएसन युकेकी उपाध्यक्ष तथा न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटकी लक्ष्मी राईका अनुसार सोमबार सुन ७६० पाउन्डमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको २५ पाउन्ड रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ४५ हजार, तेजाबी सुन १ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
चाँदी १ हजार ८९० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ ।






