पत्रकार महासंघ यूकेको अधिवेशन १४ जुलाइमै हुने

SHARE:

लन्डन ९ जुलाई २०२४ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन यही आइतबार जुलाइ १४ मा हुँदैछ ।

फार्नबरोस्थित बिजिडब्लुएस भवनमा आयोजना हुने अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट निर्वाचित हुने १५ सदस्यीय कार्यसमितिका अरु सबै पद निर्विरोध भइसकेका छन् । अध्यक्ष पदमा श्यामकुमार लुइँटेल, विमला सेने र दिनेशकुमार परियारको उम्मेदवारी परेको छ ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि निवर्तमान अध्यक्ष नरेश खपांगीमगरको संयोजकत्वमा सल्लाहकारद्वय पूर्ण गुरुङ र प्रजय शुकल सदस्य रहेको निर्वाचन समिति गठन भएको छ ।

यसैबीच, शाखाले तोकिएकै मितिमा अधिवेशन सञ्चालन हुने जानकारी गराएको छ । अध्यक्ष ध्रुवराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै अधिवेशनअन्तर्गत् निर्वाचन कार्यक्रमका कयौं प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा बाँकी प्रक्रिया सुचारु र यथावत् रहने स्पष्ट गराएका छन् ।

‘आवधिक अधिवेशन र निर्वाचनमार्फत् नेतृत्व हस्तान्तरण गर्ने कुनै पनि संस्थाको प्रजातान्त्रिक संस्कार र अभ्यासप्रति हामी प्रतिवद्ध छौं’, वक्तव्यमा भनिएको छ ।

शाखाले अधिवेशनका सम्बन्धमा अफवाह फैलाउने नियतले सामाजिक सञ्जालमा प्रेषित केही भ्रामक सामग्रीप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता कार्यमा संलग्न शाखाका सदस्यलाई आवश्यक संस्थागत कारबाही समेत अगाडि बढ्न सक्नेतर्फ सम्बन्धित सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

यसअघि महासंघ केन्द्रको निर्वाचन सम्पन्न भएपछि शाखाको अधिवेशन गर्न आग्रह आएको तर त्यसअघि नै बेलायत शाखाको अधिवेशन तोकिएर प्रक्रिया अगाडि बढिसकेको जानकारी वक्तव्यमा गराइएको छ । साथै, महासंघ केन्द्रको निर्वाचन दुई पटकसम्म पनि निर्धारण भएको मितिमा सम्पन्न हुन नसकेर अनिश्चितकालका लागि स्थगित भएको सन्दर्भमा बेलायत शाखाको अधिवेशन तोकिएकै समयमा सञ्चालन गर्न शाखाले सर्वसम्मत् रुपमा गरेको निर्णय केन्द्रीय समितिलाई जानकारी गराएर अधिवेशन प्रक्रिया अगाडि बढाइएको स्मरण गराइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!