एक दशकको उत्साह

SHARE:

बेलायतबाट प्रकाशित हुँदै आएको एभरेष्ट टाइम्स साप्ताहिकले एक दशक पुरा गरेको छ । यो एउटा खुशीको अवसर हो । नेपाली भाषी पत्रिकाले एक दशक, त्यसमा पनि बेलायत जस्तो मुलुकबाट निरन्तर प्रकाशित हुनुले पक्कै पनि खुशी नहुने कुरै भएन । यो खुशी पत्रिका संचालकका लागि मात्र खुशीको कुरो होइन, यो त आम पाठक र शुभचिन्तकका लागि खुशीको कुरा थियो । किनकि यसरी प्रवासमा रहेका नेपालीहरुले निरन्तर प्रकाशन गरेको पत्रिकाले एक दशक पुरा गर्नुले सबै खुशी थिए । त्यसैले त एभरेष्ट टाइम्स साप्ताहिकले एक दशक पुरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रममा खचाखच सहभागी थिए । विशेषतः बेलायतमा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुको सहभागिताले पक्कै पनि एभरेष्ट टाइम्सको औचित्य र आवश्यकतालाई पुष्टि गरेको छ ।

आमसंचारका माध्यममध्ये सबैभन्दा जेठो माध्यम छापा नै हो । यो माध्यमले पत्रकारिताको जगलाई मजबूद बनाएकै हो । तर, पछिल्लो समयमा छापा माध्यम कमजोर सावित हुँदै गएका छन् । यो सन्दर्भमा अनलाइन संचार माध्यमहरु प्रभावकारी मानिँदै आएको छ । यो सन्दर्भलाई हेर्ने हो भने छापा माध्यमका संचार माध्यम संचालन नै नहुनुपर्ने भन्ने हो । तर, छापा माध्यमका संचार माध्यमको आवश्यकता र औचित्यता अहिले पनि उत्तिकै महत्वपूर्ण छँदैछ । छापा संचार माध्यमको औचित्य रहेको कुराको पुष्टि एभरेष्ट टाइम्सको निरन्तर १० वर्षले पनि गरेको छ ।

छापा माध्यमलाई निरन्तर माया गर्ने पाठक अहिले पनि उत्तिकै छन् । ती पाठकका लागि छापा माध्यमले समय सान्दर्भिक सामग्री पनि पस्कनै पर्दछ । एभरेष्ट टाइम्सले बेलायतमा रहँदै आएका नेपाली समुदायका लागि उपयुक्त सामग्री पस्कँदै आएको छ । यो सन्दर्भलाई नेपालको सन्दर्भका सामग्री पनि पस्कँदै आएको छ । सुखदुखका खबर छापिएका छन् । बेलायतमा रहेका संघसंस्थाका सामग्रीले पेज रंगिएका छन् । वास्तवमा एभरेष्ट टाइम्सले बेलायतबासी नेपालीहरुको संचार पूलको काम गरेको छ । बेलायतबासी नेपालीहरुको भावनाअनुसारको संचार सामग्री समेट्न सकेको छ । त्यसैले त निरन्तर १० वर्ष पूरा गर्न सफल भएको छ ।

एभरेष्ट टाइम्सको यो अवधि त्यसै स्थापित भएको होइन । आमपाठकको मोह, विज्ञापन दाताको सहयोग र शुभेच्छुकहरुको स्नेहपूर्वक सल्लाह सुझावका कारण यो एक दशक पार हुन सकेको हो । यो स्थितिमा आइपुग्नका लागि हरतरहबाट साथ सहयोग गर्ने सबैमा धन्यवाद दिन भुल्न मिल्दैन । त्यस्तै एभरेष्ट टाइम्सको आगामी दिन थप जटिल छ । त्यसमा सबैको साथ सहयोग र रचनात्मक सल्लाह सुझावको अपेक्षा गरिएको छ । अरु थप दशकका लागि सप्रेम सद्भाव हुन सकेन भने एभरेष्ट टाइम्सले जनभावनाअनुसारको सूचना सम्प्रेषण र विचार प्रवाह गर्न सक्ने छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!