लन्डन दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यको बिदाइ समारोह

SHARE:

लन्डन १३ २०२४ । बेलायतको लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यको बिदाइ समारोह सम्पन्न भएको छ ।
आइतबार दिउँसो सपरिवार नेपाल फर्कन लागेका राजदूतको बिदाइ गरिएको हो ।

बेलायतका आचार्यसहित ११ देशका राजदूतलाई नेपाल सरकारले गत ६ जुनमा फिर्ता बोलाउने निर्णय गरेको थियो । राजदूत आचार्य सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त भएका थिए । उनले ३१ मार्च २०२२ मा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

बिदाइ समारवहमा राजदूत आचार्यले बेलायत र नेपालबीचको बहुपक्षीय सम्बन्ध विस्तृत र अझ गाढा बनाउन आफूले सक्दो प्रयास गरेको बताए । त्यसमा बेलायतको नेपाली समुदाय, बुद्धिजीवी, सामाजिक अभियन्ता सबैको योगदान रहेको भन्दै उनले प्रशंसासहित सबैमा धन्यवाद भने । उनले आफ्नो कार्यकालमा भूतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि विभिन्न चरणमा मन्त्रिस्तरीय वार्ता भएको उल्लेख गर्दै गोर्खा वार्ताले निरन्तरता पाएर उनीहरुका समस्याको दीर्घकालीन समाधान निस्कने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, कर्मचार, काउन्सिलर, पूर्वकाउन्सिलर, नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, दुई देशका शुभेच्छुक, शुभचिन्तक लगायतको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!