अमेरिकामा चुनावी र्‍यालीमा गोली प्रहार, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते, गोली हान्ने व्यक्ति मारिए

SHARE:

लन्डन १४ जुलाई २०२४ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!