नेफिन युकेका निवर्तमान अध्यक्ष शेर्पालाई भलिबलमा उत्कृष्ट हिटरको उपाधि

SHARE:

लन्डन १९ जुलाई २०२४ । नेपाल आदिवासी जनजाति महासंघ युकेका निवर्तमान अध्यक्ष, गायक तथा समाजसेवी कर्मा पहाडी शेर्पाले उत्कृष्ट हिटरको उपाधि जितेका छन् ।

बेलायतमा हरेक वर्ष मे महिनादेखि अगस्ट १० सम्म नेपालीहरुबीच खेलिने नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता गत हप्ता बेजिङ्टोकको टुर्नामेन्टबाट शर्पाले उत्कृष्ट हिटरको उपाधि पाएका हुन् । शेर्पासँगै स्याङ्जा घर भई हाल बेलायतमा बस्दै आएका पियम गुरुङ उत्कृष्ट सेटर बनेका छन् । नेपालका पूर्वराष्ट्रिय खेलाडी हरि थापाको प्रशिक्षण पाएका खेलाडीद्वय शेर्पा र गुरुङका म्यानेजर जीवन गुरुङ (समार) थिए ।

टिमका खेलाडीहरुमा चन्द्रकुमार गुरुङ, संजयदेव श्रेष्ठ, निर्मल थापा, तेजकुमार गुरुङ (अनिल), हर्क गुरुङ, मिन थापा, लीला कार्की, राम मल्ल लगायतका रहेका छन् । शेर्पा, गुरुङ सबै टिम रवीन्द्र रोकामगर अध्यक्ष रहेको ग्रिनवीच भलिबल क्लब (मा आबद्ध रहेका छन् । जहाँ ७० जनाभन्दा बढी खेलाडीहरु आबद्ध छन् ।

गत १३ जुलाई भएको मोना कप विजेता हुन उक्त खेलमा नेपालका पूर्वराष्ट्रिय खेलाडी हरि थापा, डोर घर्तीमगर, चन्द्र पुन, इच्छा थापा, विजय थापा, संजोक गुरुङ, मधु थापा, रविन गुरुङ, ग्रिनवीच भलिबल क्लबका अध्यक्ष रवीन्द्र रोका स्वयंले खेलेका थिए भने क्लबका म्यानेज जीवन गुरुङ (समार) ले नै गर्दै आएका छन् ।

विशेषगरी बेलायतका विभिन्न ठाउँ खेलाउने गरेका भलिबल प्रतियोगिता यो वर्ष स्वीन्डन, अल्डरसट, मोना, ग्रिनवीच भलिबल क्लब, बेजिङ्टोकमा सम्पन्न भइसकेका छन् । अब यही शनिबार २७ जुलाई केन्टमा र १० अगस्टमा यलम्बर कपसँगै यो वर्ष नेपाली राष्ट्रिय खेल पर्वको अन्त हुने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!