बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम बिदाइ

SHARE:

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत १ वर्षदेखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाडौंस्थित सेचेन गुम्बासंँग आबद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाइ गरेको छ ।

शुक्रबार १९ जुलाईका दिन बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, लोपेन नोर्बु, लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाइ गरिएको हो । गत अगस्ट २०२३ देखि बीसीसी यूकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउँदै आएका थिए । भुटान घर भएका खेन्पो कर्म जर्मन, दिल्ली हुँदै भुटान फर्किन लागेका हुन् ।

बीसीसी यूकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाइ गरिसकिएका खेन्पोलाई बिदाइ गर्न बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, आमा उपप्रमुख शारदा गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी भएका थिए ।

त्यस्तै, खेन्पो कर्मलाई बीसीसी यूकेका लोपेन दावा, पूर्वअध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी बिदाइ गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!