– एटा संवाददाता
अल्डरसट । सयपत्री नेपाली सांस्कृतिक समूहले आयोजना गरेको सयपत्री सांस्कृतिक साँझ भव्य सम्पन्न भएको छ ।
अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा गत शनिबार ८ अगस्टका दिन सांस्कृतिक साँझको आयोजना गरिएको थियो । नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ १२ वर्षअघि स्थापना भएको समूहले प्रत्येक वर्ष सांस्कृतिक साँझलगायत नेपाली संस्कृतिसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ ।

बेलायतमा रहेका नेपाली संगीतप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालबाट आमन्त्रित वरिष्ठ गायक टंक बुढाथोकीले ‘धन बिनाको मन..’, ‘रुपै मोहनी लगायत थुप्रै आप्mना चर्चित गीत गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए । साथै, स्थानीय गायक मनसुदन थापा, क्या.रि. वीरबहादुर थापा र सांस्कृतिक समूहका राजेन्द्र बुढाथोकी, प्रभा बिक, प्रवेश विकलगायतले विभिन्न चर्चित गीतहरु गाएका थिए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सांस्कृतिक समूहले विगत १२ वर्षदेखि बेलायतमा नेपाली भाषा, कला, संस्कृति र पर्व जोगाउन गर्दै आएको प्रशंसनीय कार्यका लागि संस्थापक अध्यक्ष लालबहादुर गुरुङलगायत सांस्कृतिक समूहप्रति आभार व्यक्त गरे । साथै, उनले नेपाली संस्कार र संस्कृति संरक्षण तथा सम्वद्र्धनका लागि एनआरएनए युकेलगायत सबै नेपाली संघसंस्थाहरुप्रति पनि अभिनन्दन, नमन र अभिवादन गरे ।
त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन लागि सांस्कृतिक समूहले गर्दै आएको योगदानको प्रशंसा गरे ।
नयाँ पुस्ताको सहभागिता रहेको कार्यक्रममा समूहका अध्यक्ष डमर सिंहले प्रमुख अतिथि एवं नेपाली राजदूत डा. सुवेदीलगायत नेपालबाट आएका अतिथि कलाकार टंक बुढाथोकी, अतिथिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र उपस्थित दर्शकहरुलाई धन्यवाद दिए ।
बेलायतवासी नेपाली संगीतप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समूहको स्थापनाकालदेखि विशेष भूमिका खेल्दै आएका समूहका संस्थापक अध्यक्ष लालबहादुर गुरुङ, संस्थापक कविता गुरुङ र सन्तोष विकलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै समूहका कोषाध्यक्ष दिपकले हालै विद्यावारिधी गरेकोमा खादा लगाई बधाई दिएका थिए ।
झाँगड, भ्mयाउरेलगायत विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरिएको कार्यक्रममा बाल कलाकारहरु लिकन, सेलिना र रितीकालगायत नयाँ पुस्ताकी नानीहरुले अत्यन्तै राम्रो नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, गौरव, डमर सिंह, मिन, तुलसी, भिम, एलबी, पर्वत, राजेन्द्र, कुमारलगायतले विभिन्न वाद्यवादन गरेका थिए ।
समूहका अध्यक्ष डमर सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष प्रभू गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव गौरव क्षेत्रीले औपचारिक र सांस्कृतिक सचिव मनोज अन्जानले कार्यक्रम सञ्चालन गरेका थिए ।






