बेलायतमा नृत्य कक्षा लक्षित छुरी आक्रमण, २ बालबालिकाको मृत्यु, ९ घाइते

SHARE:

लन्डन ३० जुलाई २०२४ । उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको रहेको बताएका छन् । आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।

यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो । साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सिएनएनले जनाएको छ ।

बेलायतका राजा चार्ल्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताएका छन् । यस्तै बेलायतका प्रधानमन्त्री कीर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!