बीसीसी यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जोको स्वागत

SHARE:

लण्डन ३१ जुलाई २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ । बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङले खादा लगाई गुम्बामा स्वागत गरेको हो ।

सो अवसरमा बीसीसी यूकेका लामा गुरु लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङलगायत भक्तजन तथा शुभचिन्तकहरुले समेत खादा लगाई उनलाई स्वागत गरेका थिए ।

काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बासंग आवद्ध खेन्पो सेनाङ्ग ग्याम्जोले अबको एक बर्ष गुम्बामा रहेर बौद्ध परम्परा तथा सिद्धान्तबारे जानकारी गराउने, विभिन्न कर्मकाण्ड तथा पूजाहरु गर्नुका साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु अनुवादसहित पढाउने छन् ।

त्यस्तै, उनले प्रवचन दिने, साम्बोटा लिपी पढाउने र शील प्रदान समेत गर्ने गुम्बाका एक सदस्यले जानकारी गराए ।

स्मरण रहोस्, बीसीसी यूके सन् २००७ सालमा स्थापना भई धार्मिक, सामाजिक तथा विभिन्न परोपकारी कामहरु गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!