छुरा आक्रमणको विषयलाई लिएर इङ्ल्याण्डको अर्को सहरमा किन हुलदङ्गा ?

SHARE:


लन्डन ३ अगस्ट २०२४ । उत्तरपूर्वी इङ्ल्याण्डको सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ । यस हप्ताको सुरुमा भएको सामुहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।

घन्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताए ।

बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्याण्डमको सिटी सेन्टरमा सयौंको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ । त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए ।

“उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्”, कुपरले भने । यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो ।

प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!