नेपाल आदिवासी जनजाति महासंघ बेलायतले मनायो ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

SHARE:

लन्डन ५ अगस्ट २०२४ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) बेलायतले विभिन्न कार्यक्रमसहित ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ ।

आइतबार ४ अगस्ट २०२४ मा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा आयोजित समारोहमा विभिन्न व्यक्तिको सम्मान, सांस्कृतिक कार्यक्रमसहित अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको हो । कार्यक्रम प्रमुख अतिथि नेपालको संविधानसभा सदस्य तारा राई, नेफिन युके अध्यक्ष मेजर कोयी राईले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

आदिवासी दिवसका अवसरमा नेफिन युकेका पूर्वअध्यक्ष ले रि सिरीप्रसाद लिम्बु, पूर्वमहासचिव तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाकी नवनिर्वाचित अध्यक्ष बिमला सेनेलाई अवार्ड र समाजसेवी तथा तमु धीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई सम्मान गरिएको थियो ।

पूर्वअध्यक्ष लिम्बुलाई स्पेशल रिकग्नेसन अवार्ड म्यान अफ दि इयर र पूर्वमहासचिव सेनेलाई स्पेशल रिकग्नेसन अवार्ड वुमन अफ दि इयर तथा समाजसेवी गुरुङलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । लिम्बु र सेनेलाई खादा, फेटा र प्रमाणपत्रसहित अध्यक्ष मेजर कोयी राई र प्रमुख अतिथि तारा राईले पुरस्कृत गरे ।

लेरि लिम्बुले जनजाति महासंघ बेलायतको अध्यक्ष रहँदा नेपालमा सञ्चालित पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनमा सहयोग संकलन गरी २७ लाख रुपैयाँ सहयोग पठाएकोमा र सेनेले पूर्वमहासचिवको रुपमा दुई कार्यकाल रहेर सहयोग दिएको, आदिवासी जनजाति महिला महासंघ बेलायत स्थापना गरेकोमा अवार्ड प्रदान गरिएको हो भने गुरुङलाई तन, मन र धनसहित निरन्तर योगदान दिएबापत धन्यवादसहित प्रशंसापत्र र मायाको दिइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तारा राई, डा. सुमाया राई, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राई,
गोर्खा भूतपूर्व सत्याग्रह संयुक्त संघर्ष समिति संयोजक कृष्णबहादुर बान्तवा राई, नेफिन केन्द्रका पूर्वसचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा, नेपाली दूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपाल, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ युकेकी अध्यक्ष सीता पुनमगर, ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लिला सेलिङ्ग माबो, नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेकी निवर्तमान अध्यक्ष गोमा राना, पत्रकार तथा समाजसेवी विश्वासदीप तिगेला, मनोक्रान्ति अभियन्ता तथा भाइरल गजेन्द्रराज नेम्बाङलगायतले कार्यक्रममा बोलेका थिए ।

स्वागत महिला महासंघ बेलायतकी वरिष्ठ उपाध्यक्ष गंगामाया दुराले राखेको, महासचिव फामबहादुर दुराले सञ्चालन गरेको कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि, एनआरएनए बेलायत, भूतपूर्व गोर्खा सैनिक संगठनका प्रतिनिधि तथा बेलायतस्थित जातीय संगठनका प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रममा तमु धीं युकेबाट बालबालिकाहरुले नाच प्रस्तुत गरे भने किरात राई यायोक्खा बेलायतको टीमबाट चण्डीनाच देखाइएको थियो । गायिकाहरु जानुका राई, मिङ्गला राईले पहिचान संस्कृति र जनजाति सम्बन्धी गीत गाएका थिए ।

मेजर अध्यक्ष कोयी राईले आफू नेतृत्वको जनजाति महासंघ युकेले गर्नु पर्ने काम र योजना सुनाउनुहुँदै महासंघलाई च्यारिटी संस्थाका रुपमा दर्ता गराउने बताए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । गत १४ जुलाईमा निर्वाचित बिमला सेने तेतृत्वको कार्यसमितिलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) का अध्यक्ष मेजर योगेश कोयी राई र प्रमुख अतिथि संविधानसभा सदस्य तारा राईले खादालगाई सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।

पत्रकार महासंघको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला)मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम छन् ।

यस्तै सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!