परिचय हरि गुरुङको

SHARE:

प्रस्तुति: चिम्खोले काईला

हरि गुरुङ तमु धीं यूकेका बर्तमान अध्यक्ष हुन् भने उनि रोयल मिलिटरी इन्जिनियरिङ स्कुल, चाथामको अध्यापक पनि हुन् । अध्यक्ष गुरुङ बेलायतवासी नेपालीहरुको माझ एक इमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित तथा कुशल समाजसेवीको रुपमा परिचित छन। उनले जे बोल्छन् त्यहि गर्छन् तथा बोलेका बचनहरु काम गरेर देखाउछन्। हक्की स्वभाब, निडर र नेतृत्व गर्नसक्ने क्षमता नै उनको परिचय हो।

हरि गुरुङको पुर्ख्यौली घर पर्बत जिल्ला फलेवास नगरपालिका ८ ठाना मौला हो भने उनि श्रीमती सन्ध्या गुरुङ, छोरा रितेश र छोरी निहारिकासंग बेलायतको मेड्स्टोन भन्ने शहरमा बसोबास गर्दै आएका छन।

गुरुङको पिताजीको नाम स्वर्गीय सुबेदार भिम बहादुर गुरुङ हो भने माताजिको नाम लक्ष्मी गुरुङको हो। उनको पिता भिम बहादुर गुरुङ भारतीय सेनामा कार्यरत थिए। भिम बहादुर गुरुङको जागिरको सिलसिलामा हरि गुरुङको जन्म भारतको नागाल्याण्डमा भएको थियो।

अध्यक्ष गुरुङको बाल्यकाल भारतको नागाल्याण्ड र पर्बत जिल्लाको खाल्टे, ठाना मौलामा बितेको थियो। उनको प्राराम्भिक शिक्षा गाउँकै जनज्योति माध्यामिक बिद्यालय खाल्टेबाट शुरु भएको थियो। गुरुङले ६ कक्षा सम्म जनज्योति माध्यामिक कक्षा ७ जनप्रिय माध्यामिक बिद्यालय, सिमल चौर, पोखरामा अध्ययन गरेका थिए भने ८,९, र १० कक्षा परोपकार आदर्श माध्यामिक बिद्यालय काठमाण्डौमा अध्ययन गरी प्रबेशिका परिक्षा दोस्रो श्रेणीमा उतिर्ण गरेका थिए। अध्यक्ष गुरुङले पृथिवी नारायण कलेजबाट कमर्स बिषयमा स्नातक सम्म अध्ययन गरेका छन्।

हरि गुरुङलाई बेलायती सेनामा आबद्द हुन खास्सै रुचि थिएन। तर एकदिन एकजना साथीको लहैलहैमा लागेर सन् १९८८ सालमा बृटिश सेनामा भर्ना भएका थिए। उनले बृटिश सेनाको आधारभूत तालिम हंगकंगको सेकोङ स्थित मलाया लाइन्समा लिएका थिए। उनले बृटिश सेनाको आधारभूत तालिम उतिर्ण गरेपछि कुईन्स गोर्खा इन्जिनियर्स मा आबद्ध भएका थिए। गुरुङले कुईन्स गोर्खा इन्जिनियर्सको आधारभूत तालिम उतिर्ण गरेपछि उनि ६७ फिल्ड स्क्वाड्रनमा आबद्ध भएका थिए। बृटिश सेनामा कार्यरत रहदा उनको ट्रेड फिटर थियो भने उनले यस बिषयमा धेरै अनुभब लिएका थिए ।

हरि गुरुङ बृटिश सेनामा कार्यरत रहदा शान्ति सुरक्षा कायम राख्न तथा तालिममा सहभागिता जनाउन बिश्वका बिभिन्न देशहरुमा भ्रमण गरेका छन्। जस्तै: इराक, कुवेत, साइप्रस, बोज्निया, हंगकंग, ब्रुनाई,क्यानाडा, सिंगापुर, बेलायत, इन्डोनेसिया, फ्रान्स, जर्मनी, भारत इत्यादि।

अध्यक्ष गुरुङ कुईन्स गोर्खा इन्जिनियर्समा तथा बृटिश सेनामा १७ वर्ष सेवा गरेपछि सन् २००५ मा सेनाबाट निबृत भएका थिए। गुरुङ सेनाबाट निबृत भएपछी सन् २००८ मा तमु धीं युकेमा आबद्ध भएका थिए। तमु धीं यूके बेलायतमा स्थापित संघ-संस्थाहरु मध्ये सबैभन्दा लोकप्रिय संस्था हो। उनले तमु धीं यूकेको कार्यसमितिको सदस्य, सचिब, महासचिब र दुइ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै सन् २०२२ डिसेम्बरमा तमु धीं यूकेको नेतृत्व समाल्न आएका हुन्।

अध्यक्ष हरि गुरुङको कार्यकाल यहि बर्षको अन्यतिर समाप्त हुदै छ। उनको कार्यकाल अत्यन्तै सफल रह्यो। उनको नेतृत्वमा बेलायतवासी नेपालीहरुको लागि अतिनै लोकप्रिय कार्यक्रमहरु गोर्खा कप र नेपाली मेला अत्यन्तै ब्यबस्थित र सफल रहन पुग्यो।

त्यस्तै तमु धीं यूकेले संचालन गर्दै आएको डा. हर्क चन्द्र स्मृति, तमु प्रतिष्ठान च्यारिटी डिनर, आजीवन सदस्य च्यारिटी डिनर जस्ता कार्यक्रमहरु पनि अत्यन्तै ब्याबस्थित र सफल रहन पुग्यो।

स्मरण रहोस, तमु प्रतिष्ठान च्यारिटी डिनरबाट प्राप्त रकम तमु संस्कृति प्रतिष्ठानको अक्षयकोषमा जम्मा हुन्छ। उक्त अक्षयकोषबाट प्राप्त ब्याजले नेपालमा रहेका १ सय भन्दा बढी गरिब तथा जेहन्दार तमु बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दछ। एउटा तमु बिध्यार्थीको लागि १ लाख २५ हजार रकम जम्मा गर्ने गरेका छन्। यस अक्षयकोषमा तमु धिं युकेको मात्र झन्डै १ करोड ५० लाख जति रकम रहेको छ।

त्यस्तै अध्यक्ष गुरुङको कार्यकालमा पूर्ब र पश्चिमको गुरुङहरुको सम्बन्धलाई नजिकमा ल्याउनको लागि तमु धीं यूकेका कार्यसमितिहरु पूर्बको रुम्जाटार, पश्चिमको घान्द्रुक, लिक्लेस र चार भन्ज्यांगको भ्रमण गरेको छ।

फुर्सदको समयमा अध्यक्ष गुरुङ समाज सेवामा व्यस्त हुन्छन्। समाजसेवाबाट बचेको समय श्रीमती सन्ध्या गुरुङ, छोरा रितेश र छोरी निहारिकासंग देश-विदेशको भ्रमण गर्न रुचाउछन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!