लण्डनमा गोर्खा स्मारक अनावरण

SHARE:


लण्डन । गत १८ अगष्ट २०२४ का दिन लण्डनको थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण भएको छ ।

थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्लीकुमार राईले संयुक्तरुपबाट नवनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन् । मेयर रयापरले आफ्नो इलाका ईसेक्समा पहिलो गोर्खा स्मारक बनेकोमा खुसी ब्यक्त गरिन् ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युके अध्यक्ष प्रेम गाहमगर, गोर्खा मेजर राई लगायतले सम्बोधन गरे । बुद्धिष्ट पुजारी, हिन्दु पुजारी, क्रिश्चियन पुजारी र किरात धर्मका राई र लिम्बु पुजारीले एकैसाथ आआफ्नो तरिकाले पूजा अनुष्ठान गरेका थिए ।

क्रस खुकुरीमाथि गोर्खा हेड भएको स्मारक युकेको हकमा सम्भवतः यो पहिलो हो । पंचधातुबाट बनेको स्मारकको कुल लागत ४५ हजार पाउण्ड (नेरु साढे ७८ लाख) रहेको निर्माण समितिले जानकारी दिएक‍ो छ ।

प्रसिद्ध डार्टफोर्डक्रसिङ नजिकै थेम्स नदीको डिलमा रहेको प्रफिट ह्यारिटेज मिलिट्री संग्रहालयको प्राङ्गणमा सो स्मारकको स्थापना गरिएको हो ।

थरक नेप्लिज गोर्खा कम्युनिटीको संयुक्त पहलमा सो स्मारकको निर्माण गरिएको हो भने परिकल्पनाकार किसोर लिम्बु र मानबहादुर राई हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!