एनआरएनएका अध्यक्ष डा. केसी बेलायतमा, आइतबार नेपाली मेलामा सहभागी हुने

SHARE:

लन्डन २४ अगस्ट २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी बेलायत आएका छन् ।

बेलायतमा विभिन्न कार्यक्रममा सहभागी हुने डा. केसी शनिबार दिउँसो लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्। डा. केसीको स्वागतका लागि संघका केन्द्रीय उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई, युरोप उपसंयोजक रोबर्ट लिम्बु, एनआरएनए अध्यक्ष हित काजी गुरुङ लगायतको टोली विमानस्थल पुगेको थियो।

डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै, एक साता बेलायतमा रहँदा धेरैभन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्। डा. केसीले बेलायत भ्रमणको क्रममा चारवटै राज्यमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्।

डा. केसीले आइतबार तमु धीं यूकेको आयोजना हुने १५ औं नेपाली मेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । डा. केसी आगामी सेप्टेम्बर २ तारिख मस्को फर्किने भएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!