बेलायत । तमु धिँ युकेले आइतबार लण्डनमा आयोजना गरेको नेपाली मेलामा एउटा छुट्टै झाँकी देखियो । १८२४ सालमा विश्वमा पहिलोपटक अंग्रेजलाई परास्त गर्ने युद्ध नायक सिकारी सरदार वंशु (वंश) गुरुङका सन्ततिले झाँकी प्रदर्शन गरे ।
नेपाली मेलामा झाँकी प्रस्तुत गर्ने क्रममा सकारी सरदार वंशु गुरुङ मृति प्रतिष्ठान, बेलायत शाखाले झाँकी प्रदर्शन गरेको हो ।
युद्ध नायक गुरुङको तस्वीरका साथै तुल व्यानर, नेपाली र ब्रिटिश झण्डाका साथमा उनीहरुले प्रदर्शन गरे ।
सिकारी सरदार वंशु तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुर पुख्र्यौली घर भएका लेम (लाम्छाने) गुरुङ हुन् । बेलायतमा बसोबास गर्ने वंशुका सन्ततिले विश्वमा पहिलोपटक सिन्धुली गढी युद्धमा अंग्रेज परास्त गर्न नेतृत्वदायी भूमिका खेल्ने आफ्ना पुर्खालाई राष्टिय विभूति घोषणा गर्न माग गरेका छन् ।
आफ्नो झाँकी र्यालीका बारेमा जानकारी दिँदै मञ्चबाट प्रतिष्ठान बेलायत शाखाका संयोजक लेख गुरुङले पहिलोपटक अंग्रेज परास्त गर्ने वंशु गुरुङलाई नेपाल सरकारले राष्टिय विभूति घोषणा गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानले यसअघि नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी युद्ध नायक वंशुलाई राष्टिय विभूति घोषणा गर्न माग गरिसकिएको समेत कार्यक्रममा स्मरण गराइएको थियो ।









