लन्डन २७ अगस्ट २०२४ । लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल र एनआरएनए अध्यक्ष बद्री केसी सहभागी एक कार्यक्रममा नाराबाजी भएको छ ।
अल्डरसटमा सोमबार एनआरएनए युकेका अध्यक्ष हित काजी गुरुङ समूहको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्का एनआरएनए यूके समूह अध्यक्ष प्रेम गाहामगर समर्थक युवाहरुले कार्यवहाक राजदूत खनाल र अध्यक्ष केसीविरुद्ध नाराबाजी गरेका हुन् । बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रस्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजीनामा देऊ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरु नाराबाजी गरेका थिए ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिसदको कार्यालयले भदौ ११ गते खनालको पूर्वाग्रही कदमविरुद्ध गम्भीर रुपमा लिँदै आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिंदासमेत खनाल प्रमुख अतिथि भएर कार्यक्रममा पुगेको दाबी गर्दै आक्रोशित युवाहरु विरोधमा गरेका हुन् ।






