तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल र महिला विभाग अध्यक्ष राधा युकेमा सम्मानित

SHARE:


लन्डन २७ अगस्ट २०२४ । बेलायत भ्रमणमा रहेका तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र महिला विभाग अध्यक्ष राधा गुरुङलाई तमु समाज युकेले सम्मान गरेको छ ।

लन्डनको वेम्बली बरहामपार्कस्थित तमु समाज युकेको सामुदायिक भवनमा सोमबार २६ अगस्ट २०२४ मा एक कार्यक्रम गरी कोमल र राधालाई स्वागत तथा सम्मान गरिएको हो । समाजकी अध्यक्ष विन्दु घले गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष केदार गुरुङले सञ्चालन गरेका थिए । जलपानसँगै तमु समाजको परिचयात्मक भिडियो क्लिप देखाएर उक्त कार्यक्रम सुरु भएको थियो ।

इथ्निक माइनोरिटिज् कमिटी सदस्य, जनसेवा समिति हङकङका पूर्वअध्यक्ष, हङकङ र मकाउस्थित विभिन्न व्यवसायमा आबद्ध र एनआरएनए हङकङका सल्लाहकारसमेत रहेका अध्यक्ष कोमल र महिला विभाग अध्यक्ष राधाको बारेमा उपाध्यक्ष केदारले विस्तृत जानकारी गराएका थिए । कोमल र राधालाई अध्यक्ष विन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा अध्यक्ष विमला गुरुङ र निवर्तमान अध्यक्ष उमादेवी गुरुङले संयुक्त रूपमा खादा, माला, फेटा र समाजको लोगो अंकित प्ल्याक मायाको चिनोसहित सम्मान गरे ।

निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष्य तथा तमु समाज युकेका सल्लाहकार सुबासिङ गुरुङ बीईएम, सल्लाहकारहरु काउन्सिलर कमल गुरुङ, लेख गुरुङ, बाबुराम गुरुङ, यामबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, धरम बल गुरुङ, खेमबहादुर गुरुङ, बिजु गुरुङ, उदय गुरुङ तथा आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, निवर्तमान अध्यक्ष उमादेवी गुरुङलगायत उपस्थित सबैजनाले खादा र माला लगाएर समाजसेवी कोमल र राधालाई स्वागत, सम्मान गरेका थिए ।

तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङले आफूहरुलाई तमु समाज युकेद्वारा भव्य रुपमा स्वागत, सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै तमु समाज युके र तमु समाज हङकङबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गरे । अध्यक्ष गुरुङले राम्रा कार्यहरुको एक अर्कामा अनुशरण गर्दै संस्था हितको लागि कार्य गर्ने बताएका थिए । उनले आगामी दिनमा पनि दुई संस्थाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

महिला विभाग अध्यक्ष राधा गुरुङले पनि आफूहरूलाई सम्मानका लागि तमु समाज युके, आमा समूहका पदाधिकारी, सदस्यसहित सबै सहभागीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । उनीहरु दुवै जनाले तमु समाज युकेलाई ५०० पाउन्ड आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमको अन्त्यमा तमु समाज युकेकी अध्यक्ष विन्दु घले गुरुङले तमु भवनमा समाजसेवी कोमल गुरुङ र राधा गुरुङ स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । दुवै जनाको बेलायत बसाई आरामदायी तथा सुखमय रहोस् भन्दै तमु समाजका उपस्थित सम्पूर्ण सदस्यहरुलाई उनले धन्यवाद दिएकी थिइन् ।

कार्यक्रममा खानपिन र जलपानको प्रबन्ध तमु समाज युके आमा समूहका आमा, दिदीबहिनीहरुले गरेकोमा आमा समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई पनि अध्यक्ष घलेले धन्यवाद दिएकी थिइन् ।

२१ अगस्ट २०२४ मा बेलायत आएका कोमल शुक्रबार फर्किने कार्यक्रम छ । समाज रूपान्तरणका लागि हरेक पाटोबाट सहयोगी भूमिका खेल्ने कोमल गुरुङ छोरी रोस्मी गुरुङको उच्च शिक्षाको व्यवस्थापन मिलाउन बेलायत आएका हुन् ।

छोरी रोस्मी अमेरिकन इन्टरनेसनल हाईस्कुल हङकङबाट आफ्नो अध्ययन सकेर विम्बल्डन युनिभर्सिटी अफ आर्ट लन्डनमा अध्ययन गर्न बेलायत आएकी हुन् । समाजसेवी कोमल र उनका अर्धाङ्गिनी भगवती गुरुङ दम्पतीका दुई छोरा र एक छोरी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!