तमु समाज युकेले दियो वरिष्ठ पत्रकार डण्ड गुरुङलाई विशिष्ट समाजसेवा सम्मान

SHARE:

  • शिव कुमार गुरुङ

बेलायत । तमु समाज युकेको आफ्नै सामुदायिक भवन बारहम पार्क वेम्ली लन्डनमा महिलाहरुको महान पर्व तीज कार्यक्रमको अवसरमा नेपालबाट आएका वरिष्ट पत्रकार डण्ड गुरुङलाई स्वागत तथा सम्मान गरिएको छ ।

वरिष्ट पत्रकार डण्ड गुरुङ एबीसी टेलिभिजनका सम्पादक हुन् भने गुरुङन्यूज डटकमका संरक्षक तथा सम्पादक हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका सल्लाहकार समेत रहेका उनलाई समाजले विशिष्ट समाज सेवा सम्मानद्वारा सम्मान गरेको हो् ।

सञ्चार माध्यमबाट तमुहरूको विकास र समुन्नतिका लागि विशेष योगदान पुर्याउनुका साथै तमु समाज युकेले कोभिड महामारीमा र बाढी पहिरोका कारण कष्टकर जीवन यापन गर्न बाध्य भएका नेपालीहरुका लागि राहत वितरण कार्यमा सहभागी हुनुका साथै तमु समाज युकेको मुखपत्र (स्मारिका) सलि टको प्रकाशनमा समेत विशेष योगदानको उच्च उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको हो ।

पत्रकार डण्ड गुरुङको स्वागत र सम्मान कार्यक्रमको संचालन समाजका निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए भने संस्थाका अध्यक्ष श्रीमती बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समुहका अध्यक्ष श्रीमती बिमला गुरुङ, निवर्तमान अध्यक्ष श्रीमती उमा देवी गुरुङले खादा फेटा लागाइ बिशिष्ट समाज सेवा सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान ग्रहणपछि वरिष्ठ पत्रकार डण्ड गुरुङले तमु समाज युकेबाट प्राप्त सम्मानप्रति खुशी ब्यक्त गर्दै तमु समाज युकेप्रति कृतज्ञता ज्ञापन गरे ।

सो कार्यक्रममा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष भिम गुरुङ, उपाध्यक्ष मिरा गुरुङ, आमा समूहका पूर्वअध्यक्ष श्रीमती माया गुरुङ, तमु धिं युकेका पूर्वअध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार सुवसिङ गुरुङ (बिईएम) का साथै सल्लाहकारहरु र कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

वरिष्ठ पत्रकार डण्ड गुरुङले आफ्नो धन्यवाद मन्तव्यमा तमु समाज युकेबाट प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्दै तमु समाज युकेप्रति आभार व्यक्त गरे । साथै, समाजप्रति ऋणी रहेको भन्दै उनले समाजको प्रेरणा र हौसलाका साथै साथसहयोगले नेपालमा पत्रकारको रुपमा टिक्न सकिरहेको स्पष्ट पारे ।

तमु समाज युकेले विगत १६ वर्षमा सामाजिक सेवा गरेको देख्दा आफु अत्यन्तै प्रभावित भएको र समाजलाई परिकल्पना गर्ने संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङप्रति कृतज्ञता ब्यक्त गर्दै समाजलाई यहाँ सम्म ल्याईपुर्याउने सबै पूर्वअध्यक्षहरु र निर्वतमान अध्यक्षप्रति पनि हार्दिक कृतज्ञता ब्यक्त गरे ।

तमु समाज युकेले महिला नेतृत्व पाएकोमा गर्वको विषय हो भन्दै उनले वर्तमान अध्यक्ष बिन्दु घलेलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा समाजका अध्यक्ष श्रीमती बिन्दु घलेले धन्यवाद मन्तव्य दिएका थिए । सो अवसरमा तमु समाज युकेका महिलाहरुको पर्व तिजको अवसरमा वरिष्ठ पत्रकार तथा सम्पादक र लेखक डण्ड गुरुङलाई तमु समाज युकेमा स्वागत तथा सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!