बेलायतमा बीसीसी यूकेद्वारा लामा गुरुहरुको स्वागत

SHARE:


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ ।

बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो । उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, आमाहरु साथै भक्तजनहरुले खादा लगाई दिएका थिए ।

कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो । त्यस्तै, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास विषयमा प्रवचन दिएका थिए । साथसाथै, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिएका थिए । सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले दिदै आएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै गुरुहरुलाई स्वागत गरेका थिए ।

बेलायतका विभिन्न गुम्बाहरुमा आवद्ध भएका तथा हालै नेपालबाट आएका धर्महरुलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा निमा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो नरेश गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको सहभागिता रहेको थियो ।

बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी यूको संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थापक आमा प्रमुख, पूर्व आमा प्रमुखहरु, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु, कार्यसमिति, आमा समितिलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङले संचालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरुलाई संघ दान र भक्तजनहरुले दर्शन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!