बुद्धिस्ट गुम्बा रेडिङ यूकेको “प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम“, ८ लामाद्वारा बुद्ध वचन पाठ

SHARE:

लन्डन ५ सेप्टेम्बर २०२४ । बुद्धिस्ट गुम्बा रेडिड यूकेले यही सेप्टेम्बर २ तारिकबाट सुरू गरेको “प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम“ ८ तारिखसम्म जारी रहने भएको छ । गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङको अगुवाइमा ८ जना दक्ष गुरुहरुबाट भगवान बुद्धको बचन १६ ठेलीको प्रज्ञापारमिता (ह्यूंपति) बाचन कार्य भैरहेको छ ।

२ सेप्टेम्बर २०२४ पहिलो दिनमा गुम्बाका मूलगुरुसहित सम्पूर्ण गुरुहरुको बाचनका बिच सो दिनको मूख्य अतिथी प्रज्ञापारमिता पुस्तक दाता मेजर्नी यौमाया गुरुङ ( स्वर्गीय पति गो.मे. प्रताप सिं गुरुङको स्मृतिमा) ले बत्ती बालेर सुरु गरेकी थिइन् । गुम्बाका अध्यक्ष ई. श्री खेमबहादुर गुरुङ, महासचिव कमल गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, नरबहादुर गुरुङ, श्रीमती रजनी गुरुङ, में. बुद्धिबहादुर गुरुङ, चन्द्रमान गुरुङ, राधा गुरुङ, सम्पूर्ण ट्रस्टीहरु, कार्यसमिति, आमा समूह लगायत सयौं भक्तजनहरुको उपस्थितिमा ह्यूम पोस्ती बाचन सुरु हुँदा सम्पूर्ण भक्तजनहरु र सम्भोटा लिपीमा दक्ष आमाहरुले बाचनकार्यमा गुरुहरुलाई प्रज्ञापारम्ताका भागहरु पढी सहयोग गरेका थिए ।

गुम्बाका आमाहरुले चुस्त रुपमा गुरुहरु लगायत उपस्थित भक्तजनहरुलाई चिया,पानी, खाजा, खाना र प्रसादको राम्रो व्यवस्था गरेको थियो भने स्वंसेवकहरु कारपार्क र अन्य व्यवस्थापन कार्यमा खटिएर कार्यक्रमलाई व्यवस्थित गर्न व्यस्त थिए ।

सात दिनसम्म दैनिक छुट्टाछुट्टै मुख्य अतिथिबाट चॉदीको बत्ती बालेर सुरु गरिने कार्यक्रमका महासचिवले जानकारी दिए । दोश्रो दिनका मुख्य अतिथि ९६ वर्षकी लक्ष्मी गुरुङ (चौरासी बजै), त्यस्तै गरी क्रमशः बरिष्ठ ट्रस्टीले. जसबहादुर गुरुङ, मेजर्नी रामकुमारी गुरुङ, मेजर उदयबहादुर गुरुङ MBE, तमू धीं यूकेका भूपू अध्यक्ष कमल गुरुङ र अन्तिम दिन ८ सेप्टेम्बरका दिन बुद्धिस्ट कम्यूनिटी सेन्टर अल्डरसटका अध्यक्ष हर्क गुरुङ मुख्य अतिथि रहने छन् ।

पत्र, भाइवर, लगायत सामाजिक संजालबाट बेलायतमा रहेका सम्पूर्ण भक्तजनहरुलाई उक्त अनुष्ठानमा उपस्थित भई भगवान बुद्धको बचन श्रवण गरी पूण्य लाभ लिन गुम्बाले आव्हान गरी रहेको छ । समय मिलायर स्थानीय र केही टाढाबाट पनि भक्तजनहरु आएर गुम्बा दर्शन गरिसकेको दान पूण्य गरिरहेको र पछिल्लो २ दिन शनिबार आइतबार परेकोले संघसंस्था र गुम्बाहरुबाट प्रसस्त भक्तजनहरु उपस्थित हुने जानकारी पाएको व्यवस्थापन पक्षले दिएको छ र सोही बमोजिम तयारी भैसकेको छ ।

बाहिर २ वटा ठूला टेन्टहरु राखेर भक्तजनहरुलाई बस्ने कुर्सीहरु प्रशस्त राखी छेउमा बत्ती, पानी खाजा खाना लगातार सबै सेवाहरु दिइरहेको छ ।

बेलायतबासी सम्पूर्ण भक्तजनहरुलाई यो अनुष्ठानमा उपस्थित भई पूण्य आर्जन गर्न पनि अनुरोध गरेको छ ।

अप्रिल २१, २०१८ मा स्थापना भई २२ महिना अगाडि गुम्बा घर खरिद गरी गत १५ महिना अगाडिबाट संचालनमा आएको बुद्धिस्ट गुम्बा रेडिङ यूकेले पहिलोपल्ट आफ्नै गुम्बा भवनमा “ प्रज्ञापारमिता अनुष्ठान “ गरेको तर यो भन्दा पहिला पनि बिश्व प्रशिद्ध गुरुहरुबाट अनुष्ठान, प्रवचन र वाङ कार्यक्रम गरिसकेको छ । बेलायतका सयौं भक्तजनहरुलाई अनवरत सेवा दिँदै आइरहेको छ र यो सबैको श्रेय मूलगुरु खेन् रिन्पोछे शीरलामा गुरु लगायत अन्य गुरुगरु, ट्रस्टीहरु, कार्यसमिति, आमासमूह, स्वंसेवक र सम्पूर्ण दाताहरु, पत्रकार र शुभ चिन्तकहरुलाई जान्छ र सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!